२८ चैत्र २०८२, शनिबार | April 11, 2026

कृषि ज्ञान केन्द्रले पाँच महिनासम्म दिएन माटो परीक्षणको रिपोर्ट, गुनासो गर्दा हाकिमले थर्काए



गोरखा । कृषि ज्ञान केन्द्रका कर्मचारीको लापरबाहीका कारण कृषकले पाँच महिना बितिसक्दा पनि माटो परीक्षणको रिपोर्ट पाएका छैनन् ।

कार्यालयका कर्मचारीहरुको लापरबाहीका कारण पाँच महिना बितिसक्दासमेत माटो परीक्षणको रिपोर्ट नपाएको कृषकहरुको गुनासो छ ।

‘माघमा माटो परिक्षण गर्न दिएको थिएँ, फागुनसम्ममा रिपोर्ट आएको भए चैतमा खाल्टो खनेर जेठ असारसम्म बिरुवा रोप्ने सोच थियो । तर, कर्मचारीको लापरबाहीले अहिलेसम्म रिपोर्ट आएन् । अब त बिरुवा रोप्ने समय पनि सकियो’, चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का चन्द्र बहादुर गुरुङले गुनासो गरे ।

गुरुङको चुमनुव्रीको छिही र सुङचेतमा खेत छ । विगतमा उनले त्यहाँ मकै, गहुँ र आलु लगाउने गर्थे । यस बर्षदेखि माटो परिक्षण गरेर ओखर र स्याउको व्यवसायिक खेति गर्ने सोच उनको थियो । तर, कार्यालयले समयमै माटो परिक्षणको रिपोर्ट नदिँदा त्यहाँ के लगाउने भन्नेमा उनी अन्यौल छन् ।

‘माटो परिक्षण गरेर व्यवसायिक खेति गरौँ भन्ने सोचले दुई दिन लगाएर हिँडेर आएँ । कृषि ज्ञान केन्द्रको कार्यालय पुुगेर त्यहाँका कर्मचारीलाई माटो बुझाएँ’, उनले भने, ‘कार्यालयमा प्राबिधिक नभएकाले पोखरा पठाउनु पर्छ । एक देखि डेढ महिना भित्रै रिपोर्ट आउछ भनेपछि फर्किएँ । तर, अहिलेसम्म रिपोर्ट आएको छैन्’, उनले भने ।

रिपोर्ट समयमै नपाएपछि कार्यालय प्रमुखसँग गुनासो गर्दा उल्टो आफुलाई धर्काएको उनले गुनासो गरे ।

‘रिपोर्ट आउन ढिलो भयो । कार्यालयबाट नहुने हो भने मेरो माटो फिर्ता दिनुस् म अन्तै लगेर परिक्षण गर्छु भनेको थिएँ । तर, हाकीमले बितिसकेको कुरा भन्दै त्यस बिषयमा कुरै नगर्नु भन्दै धर्काए’, गुरुङले भने । तर, कार्यालय प्रमुख पशुराम अधिकारी भने आफुले धर्काएको अस्वीकार गर्छन् ।

‘उहाँसँग मेरो भेट भएको छैन् । फोनमा भने पटकपटक कुरा भएको छ । खास यस्तो कारणले हो भनेर प्राबिधिक समस्या देखाए पछि पनि पटकपटक फोन गरेर उहाँले पनि धम्कीपूर्ण कुरा गर्नु भएको हो’, अधिकारीले भने ।

कार्यालयमा प्राबिधिकको दरबन्दी रिक्त भएकाले माटो परिक्षणमा ढिलो भएको उनको दाबी छ । ‘त्यति बेला माटो जाँच गर्ने प्राबिधिक हुनुुहुँदैनथ्यो । अहिले १०/१२ दिन मात्रै भयो नयाँ प्राबिधिक आउनु भएको, उहाँको मात्रै हैन् अरुका पनि केही महिनादेखि परिक्षण बाँकी छ’, कार्यालय प्रमुख अधिकारीले भने । सामान्यतया माटो परिक्षणको रिपोर्ट औसतमा दुई देखि १५ दिनसम्ममा आउने कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : ४७ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र