१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन



चितवन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको थियो । तर, ६ः१० बजे फेरि लेदो झरेको थियो ।

त्यो पनि हटाएर ६ः३० बजेदेखि दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए ।

वर्षा हुन थालेसँगै यो सडकमा पहिरो जाने गरेको छ । गत एक महिनामा पटकपट पहिरोले अवरुद्ध भइसकेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ६ : ५९ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल