८ चैत्र २०८२, आइतबार | March 23, 2026

कोटेश्वरमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार



काठमाडौं । काठमाडौंको कोटेश्वरमा हिजो बेलुकी माइक्रोबासको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुने पैदलयात्री स्याङजाको थुङचुङगढीका अन्दाजी ५२ बर्षीय देउ कुमार सेन रहेका छन् ।

पैदलायात्रीलाई ठक्कर दिएर माइक्रो बस अनियन्त्रीत भई ट्रकसंग ठोक्किएको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका सेनको उपचारको क्रममा ग्वार्को स्थित वि एण्ड वि अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

घाइते भएका माइक्रोका परिचालक रामेछापको मन्थली नगरपालिका–९ घर भई हाल ललितपुरको कुमारीपाटी बस्ने अन्दाजी २३ बर्षीेय विमल सुनुवारको बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

बा२ख १२३१ नम्बरको जम्बो माइक्रो बसले हिजो बेलुकी पौने ८ बजे पैदलयात्री सेनलाई ठक्कर दिई अनियन्त्रीत भई बालकुमारीबाट कोटेश्वर तर्फ आउदै गरेको प्रदेश ३–०१–००६ख ०२९५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटना लगतै फरार भएका माइक्रोबसका चालकको खोजी भइरहेको छ ।

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ३२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय