२८ चैत्र २०८२, शनिबार | April 11, 2026

किसानका उत्पादन बटुल्न पोखराले चलायो कृषि एम्बुलेन्स



पोखरा । पोखरा महानगरपालिकाले कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स सुरु गरेको छ । आगामी वर्षदेखि कृषि एम्बुलेन्स चलाउने कार्यक्रम ल्याए पनि अहिले नै सुरु गरिएको हो । पोखराको कृषि विकास महाशाखाले अन्नपात एग्रो प्रालिसँग सहकार्य गर्दै कृषि उपज ढुवानी सेवा सुरु गरेको हो । यसले पोखरा नगरभित्र उत्पादन भएको कृषि उपजको ढुवानी गर्नेछ ।

उक्त सेवा निस्शुल्क दिइने महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । ‘पोखरामा ढुवानीको समस्या त होइन । तर, एकीकृत ढुवानी छैन । किसानले उत्पादन गरेका कृषि फसलहरु बोटमै कुहिएका छन् । बेच्न सकेका छैनन्,’ उनले भने, ‘निस्शुल्क कृषि एम्बुलेन्स चलाएपछि किसानले पैसा कमाउन सक्छन् । आवश्यक्ता अनुसार यसलाई बढाउँदै लैजान्छौं ।’

किसानले आफ्नो टोलमा भएका उत्पादनको विवरण वडा कार्यालयमा जानकारी गराएपछि एम्बुलेन्स पुग्छ । यसका लागि महानगरले अन्नपात एग्रोलाई साढे ७ लाख रुपैयाँ दिएको छ । ‘ठूलो उत्पादन हुने ठाउँमा आफैपनि किसानले बजार ल्याउन समस्या छैन । साना किसानले उत्पादन गरेका उपजहरुले बजार नपाउने अवस्था छ,’ कडरिया भन्छन्, ‘उहाँहरुले उत्पादन गरेका कृषि उपज वडामा कुनै संकलन केन्द्रमा संकलन गर्नुहुन्छ । त्यहाँ आवश्यकता अनुसार कृषि ढुवानी सेवा सञ्चालन हुन्छ ।’

नव निर्वाचित जनप्रतिनिधिहरुले महानगरको पहिलो कार्यपालिका बैठकमै किसानलाई उत्पादनको ढुवानी र बजारिकरणको व्यवस्था गर्न माग गरेका थिए । उक्त छलफल पछि एम्बुलेन्स सुरु गरिएको हो । पोखरा २१ नम्बर वडाबाट एम्बुलेन्स सुरु भएको हो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १२ : ४५ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र