८ चैत्र २०८२, आइतबार | March 23, 2026

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

‘पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : १६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय