२६ बैशाख २०८३, शनिबार | May 9, 2026

पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा



काठमाडौं । पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तक छनोटमा परेको खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले वि सं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वि सं २०७८ देखि हामीले पुस्तक चयन प्रकृयालाई पारदर्शी र अधिकतम सहभागितामूलक गराउने उद्देश्यले स्वतन्त्र निर्णायक समितिको सिफारिसमा चयन प्रक्रिया तीन चरणमा गर्ने निर्णय गरेका थियौँ। उक्त प्रयोजनका लागि राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहनु भएको तीन सदस्यीय निर्णायक समिति गठन गरेका थियौँ। चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त भएका पुस्तकहरूमध्येबाट पन्ध्र पुस्तकलाई उत्कृष्ट विस्तारित सूचि सार्वजनिक गर्ने, दोस्रो चरणमा विस्तारित सूचिमध्येबाट उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुनेछ।’

वि सं २०७८ मा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १४४ पुस्तक प्राप्त भएका थिए। यीमध्येबाट पहिलो चरणको उत्कृष्ट विस्तारित सूचिको लागि निर्णायक समितिले प्रतिष्ठानलाई पन्ध्र कृतिको सिफारिस उपलब्ध गराएको छ। पुस्तकहरूको नाम अकारादि क्रममा यसप्रकार रहेका छन् ।

​कृति​​​​​ र लेखकहरुः

१.अग्नि​​​​ : डा. नवराज लम्साल

२.अर्को भोर​​ : केशवराज ज्ञवाली

३.एक सम्बोधन समयमाथि​​ : दीनानाथ शर्मा

४.काफ्काको काम सकियो​​ : राजव

५.गुरु​​​​ : कविता राई

६.छाइल​​​ : लोकराज भट्ट

७.ताल्चा​​​ : दिलिप बान्तवा

८.निनाद वल्लरी​​​ : अलका आत्रेय

९.पैतालामा हिउँ, आँखामा हिमाल​ : राजेन्द्रमान डङ्गोल

१०.भिक्षुसँग : प्रेम​​​ उषा हमाल

११.भोजपुरको वाङ्मय​​ : डा. विप्लव ढकाल

१२.महाभारा​​​ : बसन्त बस्नेत

१३.मिथ्या​​​ : दीपक पराजुली

१४.यादहरूको सङ्ग्राहलय​​ : केवल बिनाबी

१५.सत्यमोहन​​​ : गिरीश गिरी

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : २५ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु