६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

यात्रा गर्दै हुनुहुन्छ बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध



काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् ।

उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ ।

अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ वनडाँडामा पहिरो खसेकाले आज बिहान पौने ६ बजेबाट सिद्धिचरण राजमार्गमा सवारी आवागमन प्रभावित भएका छन् ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ लोचनमा पनि पहिरो खस्दा बुङ–सोताङ सडकखण्ड अवरुद्ध भएको छ । पहिरो हटाउन तत्काल सम्भव नभएको प्रहरी चौकी बुङ सोलुखुम्बुले जनाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ ब्रम्हानन्द खोला स्थित सडकमा आज बिहान वर्षाको कारण भरेको पहिरोले सडक पुरिदा चतरा–बराहक्षेत्र सडकखण्ड अवरुद्ध भएको छ ।

वागमती प्रदेशको वि।पि राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका–५ सोला भञ्ज्याङमा आज बिहान खसेको पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीकै गोलान्जोर गाउँपालिका–६ अकरे भिरमा लेदो मोटो सहितको पहिरो झरेका कारण सडक अवरुद्ध रहेको छ ।

धादिङ–मुग्लिङ सडकखण्डको धोप्टे भिर र नाग्दी खोलामा सवारी साधन एक लेनमा चलिरहेका छन् । आज बिहान ढुङ्गा माटो सहित झरेको पहिरो एक लेन पन्छाएसँगै सवारी साधन एक लेनमा सञ्चालनमा आएका हुन् ।

मुग्लिङ–नारायणगढ सडकखण्डमो टोपे खोलामा पनि सवारी साधनलाई एक लेनमा आलो पालो चलाइएको छ । मुग्लिङ–पोखरा सडकण्डको तीन छुट्टाछुट्टै स्थानमा पहिरो खसेका कारण दुई तर्फी सवारी आवागमन प्रभावित भएका छन् ।

नवलपरासी पुर्व विनयी त्रिवेणी गाउँपालिका स्थित खहरेखोला र मध्यविन्दु नगरपालिका–१० स्थित सानो तथा ठुलो खहरे खोलामा बनाईएको तीन ओटा डाइभर्सन गएरातीको पानीले बगाएको छ । डाइभर्सन बगाउँदा पुर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारी साधन आवागमन प्रभावित भएको छ ।

अविरल वर्षाको कारण लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरस्थित उदिपुर–आर्मी क्याप हुँदै हाइवे निस्कने डाइभर्सनमा आज बिहान पहिरो खसेका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

लमजुङको डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत रहेको उक्त सडकबाट मनाङ– वेशीशहर जाने आउने गरिन्छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : २१ बजे

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का

देशको मुहार परिवर्तनका लागि रास्वपा निर्वाचनमा : सभापति लामिछाने

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको मुहार