३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही २४ औं स्थापना दिवस, कालिकापथलाई रात्रिकालिन बजार बनाउ जोड



बुटवल । बुटवलको कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले जोड दिएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले बताएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजिक कार्यक्रममा व्यवसायीहरुले उक्त कुरालाई जोड दिएका हुन् ।

आधुनिकताको बिकास र समयको माग अनुसार यस क्षेत्रमा आवश्यक सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरि रात्रिकालिन रुपमा बजार सञ्चालन गर्न सुरक्षा निकाय, स्थानी, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नु पर्ने उनीहरुको माग छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याले व्यवसायीहरुको माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताइन । कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्नका लागि उपमहानगरले आवश्यक पूर्वाधार विकासमा जोड दिने उल्लेख गरिन ।

यस क्षेत्रलाई रात्रिकालिन बजार बनाउनका लागि सबै राजनीतिक दलहरुको आफ्नो चुनाबी घोषणापत्रहरुमा समेत उल्लेख गरेको बताउँदै उनले घोषणापत्र अनुसार कार्यान्वयन हुनु पर्नेमा समेत जोड दिइन । बुटवलको पहिचान र पर्यटन क्षेत्रको बिकासका लागि रातको समयमा कोही पनि अल्पत्र पर्नु पर्ने बाध्यताको अन्त्यका गर्न कालिका पथलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्न आश्यक रहेको उल्लेख गरिन् ।

यसैगरी उपप्रमुख अर्यालले मर्यादित र कानुनी दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्न आग्रह गरेकी छन् । बजार अनुगमन तथा त्यसको कार्यान्वयन आफ्नो प्रमुख जिम्मेवारी रहेको बताउँदै उनले मर्यादा र कानून विपरित जानेहरुका लागि कडा रुपमा प्रस्तुत हुने बताईन । यो वा त्यो बहानामा नियम विपरित जाने कसैलाई पनि छुट नरहेको उनले दोहोर्याइन ।

कार्यक्रममा बोल्दै संघका संस्थापक सचिव माधव नेपालले बुटवलको कालिका पथलाई रात्रिकालिन बजार बनाउनका लागि आवश्यक लगानी गर्न आफूहरु तयार रहेको उल्लेख गरे । व्यवसायीहरुले नै मिलेर सामुहिक रुपमा लगानी गरि सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान तथा सडक बत्तीको व्यवस्था गर्न सकिने बताउँदै उनले सुरक्षा लगायतका अन्य सुविधा सरकारले उपलब्ध गराउन सक्नु पर्ने बताए । यसैगरी उनले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताए । यस क्षेत्रमा लागेका व्यवसायीहरुलाई पूराना धारणा त्यागेर मर्यादित पेसा र पर्यटन व्यवसायीका रुपमा हेर्न सरकारसँग माग गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम लगायतले बोलेका थिए । महासिव माधव कुमार खनालको सञ्चालन र अध्यक्ष रामप्रसाद गौतमको सभापतित्वमा कार्यक्रम भएको हो ।

कार्यक्रमका अवसरमा क्यान्सर पीडित व्यवसायीहरु बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । कार्यक्रममा नव निर्वाचित जनप्रतिनीधि, संघका संस्थापकहरु, रक्तदाता लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा १५ असार तथा राष्ट्रिय धान दिवसका अवसरमा को उपलक्ष्यमा दही चिउरा खाएर शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : २७ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६