४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानी दूतावासद्वारा आयोजित निबन्ध लेखन र भाषण प्रतियोगिताका प्रतियोगि पुरस्कृत



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासलेनवौं वार्षिक पाकिस्तान निबन्ध लेखन प्रतियोगिता र पाँचौं वार्षिक राजदूत पाकिस्तान भाषण प्रतियोगिता आयोजना गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकका साथै स्मृति चिन्ह र नगद पुरस्कार प्रदान गरिएको छ ।

पाकिस्तानका राजदूत सैयद हैदर शाहले विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका छन् ।

यस्तै, १० उत्कृष्ट विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । निबन्ध लेखन प्रतियोगिताको विषय ‘जलवायु परिवर्तन एक कठोर वास्तविकता’ रहेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई स्वर्ण, रजत, कास्य पदक र नगद पुरस्कार सहित स्मारिका प्रदान गरिएको थियो । त्यसमा १२ जना उत्कृष्ट विद्यार्थीले पनि नगद पुरस्कार पाएका छन. । वक्तृत्वकला प्रतियोगिताको विषय ‘शिक्षामा सामाजिक सञ्जालको महत्व’ थियो ।

ती दुई प्रतियोगितामा उच्च माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्मका नेपाली विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पाकिस्तानका राजदूत शाहले सहभागी विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै उनीहरूलाई दुई देशका युवाहरूबीचको बलियो पुल भएको बताए। राजदूतले दुई देशबीचको युवा अन्तरक्रियाको महत्त्वलाई प्रकाश पारेका थिए ।

हरेक वर्ष आयोजना हुने यी दुई प्रतियोगिता नेपाली युवामाझ लोकप्रिय बन्दै गएको छ भने देशभरका विद्यार्थीहरुको ध्यानाकर्षण भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको