१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

‘टेस्ट राइड’को बाहनामा नाटकियरुपमा मोटरसाइकल चोरी, चोर्ने व्यक्ति २ दिनपछि पक्राउ



बुटवल । मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’का नाममा फरार भएका एकजनालाई सालझण्डी प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको स्रनामैना रामापुरबाट मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ गर्न निस्केका सैनामैना नगरपालिका वडा नं ८ का १८ वर्षिय किशोरलाई फरार भएको २ दिन पछि पक्राउ गरेको हो । ती किशोरलाई कञ्चन गाँउपालिकाको रातडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक किनारमा रोकिएको मोटरसाइकल मन परेको भन्दै किन्न तयार भएका ती किशोरले मुल्य तय गरि टेस्ट राइड गर्ने भन्दै निस्केर फरार भएका थिए । रोल्पाबाट बुटवल आउँदै गरेका रोल्पा त्रिवेणी गाँउपालिका ७ का दिलबहादुर बिकले सैनामैना रामापुरमा मोटरसाइकल रोकेर चिया पिउँदै गर्दा बाईक मन परेको भन्दै नाटकियरुपमा ती किशोर बाईक किन्न पुगेको र बाईक लिएर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस्तो थियो घटना :
बिदेश जानुपर्ने भएको र पैसा कमभएको कारणले मिति २०७९/०३/१० गते जिल्ला रोल्पा त्रिवेणी गा.पा-०७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि।क ले आफ्नो फेसबुकमा मोटरसाईकल बिक्रिमा रहेको भनि बा ५१ प ७४४३ नं को भिआर मोटरसाइकलको फोटो रु.१ लाख मुल्यसहित राख्छन् । त्यसको केहि दिनमा उनि पासपोर्ट सम्बन्धी कामको लागि काठमाडौँ जाने तरखरमा हुन्छन् ।

मिति २०७९/०३/१३ गते बा ५१ प ७४४३ नंम्बरको भिआर मोटरसाईकलको धनि दिल बहादुर बिक काठमाडौँ जानको लागि दाङबाट बिहान हिडेकोमा बिहान अन्दाजी १०:३० बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ रामापुर स्थित महेन्द्र राजमार्ग सडक छेउमा मोटरसाईकल रोकि पसलमा चिया पिईरहेका हुन्छन् । यत्तिकैमा उनको भेट एक अपरिचित र स्थानियजस्तो देखिने युवकसँग हुन्छ ।

भर्खर भेटिएका उनै दिलबहादुरको छेउमा आई अहो कस्तो राम्रो मोटरसाईकल तपाँईको मलाई त खुब मन पर्यो भनि छेउमै राखेको मोटरसाईकल मुसार्न थाल्छन् । त्यसपछि उनै अपरिचित युवकले आफूलाई मोटरसाईकल एकदम मन परेको र किन्ने भनेपछि दिलबहादुरले पहिले १ लाख भनि फेसबुकमा बेच्न राखेको मोटरसाईकलको मुल्य ९० हजार बताउँछन् । त्यसपछि उनै युवाले खै किन्नुभन्दा पहिले एकपटक कन्डिसन पनि त चेक गर्नुपर्यो नत्र त त्यत्रो ९० हजार हालेर बित्तैमा फसिएला नि भनेर मोटरसाईकलको चाबि माग्छन् र स्टार्ट गरि टेस्ट राईडको लागि निस्कन्छन् ।

टेस्ट राईडमा निस्किएका व्यक्ति १०-१२ मिनेटसम्म पनि नफर्केपछि आफ्नो मोटरसाईकल किन्ने बाहनामा चोरी भएको आशंकामा उनले तत्कालै इलाका प्रहरी सालझण्डीमा खबर गर्छन् । खबर गरेलगत्तै प्रहरी खोजतलासमा निस्कन्छ तर ति चोरी गरि लैजाने युवकको जानकारी नहुनाले तत्कालै पक्राउ गर्न प्रहरी असफल हुन्छ ।

आवश्यक अनुसन्धान गर्ने क्रममा चोरी भएको बा ५१ प ७४४३ नं को भिआर मोटरसाईकल रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ बस्ने १८ वर्षिय किशोरले चोरी गरि गएको खुल्न आउँछ ।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा रहेको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा बुधबार (हिजो) कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थितको भित्री सडकमा मोटरसाइकल चलाईरहेकै अवस्थामा ती किशोरलाई पक्राउ गर्छन् ।

प्रहरीले पक्राउ परेका किशोरलाई जिल्ला अदालतबाट बुधबार नै म्याद थप गरी थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ९ : ५२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम