१६ पुस २०८२, बुधबार | December 31, 2025

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु



काठमाडौं । भक्तपुर, स्याङ्जा, कञ्चनपुर प्युठानमा वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल वर्षाको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६६ वर्षीया नारायण देवी थापा रहेकी छन् । उनको पुरिएर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

स्याङजाको गल्याङ नगरपालिका–१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार बर्षाको कारण भत्किँदा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराई रहेकी छन् । उनको बुधबार मृत्यु भएको हो ।

धन्सार भत्किँएर पुरिँदा गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका उनकै छोरा १६ वर्षीय लक्ष्मण भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखरी बस्ने गोमा साउँदको घर वर्षाको कारण भत्किँदा पुरिएर सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी एक वर्षीया छोरी करिष्मा खुनाको मृत्यु भएको छ ।

घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पुरिएर घाइते भएका बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ४० वर्षीय मान्ते थारू र लाल बहादुरको छोरा ११ वर्षीय अर्जुन खुना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  २ : ३८ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको