२८ भदौ २०८३, आइतबार | September 13, 2026

आरजु देउवालाई कोरोना संक्रमण, एकै दिन थपिए ५५ कोरोना संक्रमित



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि श्रीमती देउवा होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । र, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ५ : ३१ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले