१० पुस २०८२, बिहिबार | December 25, 2025

स्थानीय तह निर्वाचनबारे कांग्रेसको समीक्षा : गठबन्धनले फाइदा पुग्यो, निरन्तरता दिनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले गठबन्धनका कारण प्रष्ट सैद्धान्तितक मतभेद भएका पार्टीको चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभइ शुभेच्छुक समेतलाई गाह्रो भएको देखिएको जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिले प्रदीप पौडेल नेतृत्वको उपसमितिले दिएको प्रतिवेदनलाई पनि समावेश गरेर तयार गरेको हो । स्थानीय तहको निर्वाचनको समीक्षा गरिएको प्रतिवेदनमा यसका बाबजुद पनि गठबन्धनले फाइदा पुगेको उल्लेख गरिएकिो छ ।

गठबन्धनलाई कम्तिमा आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने निष्कर्ष पनि प्रतिवेदनमा निकालिएको छ। गठबन्धन प्रभावकारी बनाउन केन्द्रको जस्तै संयन्त्र जतिसक्यो चाँडो प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म बनाउनुपर्ने बताइएको छ।

मत नदिने चुनौतीका बाबजुद गरिएको गठबन्धनले सफलता पाएको छ । यस पटकको निर्वाचनमा गठबन्धनको सैद्धान्तिक पक्ष तथा औचित्य बारेमा पार्टीको केन्द्रीय तहदेखि तलसम्म एकै तवरको सकारात्म बुझाइ नजानु, गठबन्धनको पालनामा अुशासन खुकुलो हुनु र कार्यकर्तालाई गठबन्धनको औचित्य बुझाउन नसक्नु पार्टीको कमजोरी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवेदनमा प्रचार प्रसारको शैलीमा आएको परिवर्तनलाई पार्टीले पछ्याउन नसक्दा समस्या हुने उल्लेख गरिएको छ ।

त्यस्तै शहरी क्षेत्रका स्वतन्त्र उम्मेदवार र युवाहरु कांग्रेसका लागि चुनौती रहेको निष्कर्ष निकालेको छ । स्वतन्त्र र युवाहरुबाट सिर्जित चुनौतीलाई मध्यनजर गर्दै आगामी चुनावका लागि विशेष रणनीति बनाउनु पर्नेमा प्रतिवेदनमा सुझाव दिइएको छ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  ७ : १० बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु