२८ माघ २०८२, बुधबार | February 11, 2026

चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै



काठमाडौं । स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ । गत वैशाख ३१ को स्थानीय तहको निर्वाचनपछि निक्षेप भित्रिन थालेको हो । गत वैशाख ३० सम्ममा ४३ खर्ब ७० अर्ब निक्षेप रहेकोमा जेठ १३ सम्म आइपुग्दा ४३ खर्ब ८३ अर्ब पुगेको हो ।

गत चैतको ३० गतेसम्ममा कुल ४३ खर्ब ८९ अर्ब रहेको निक्षेप रहेकोमा अझै ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीभन्दा बाहिर रहेको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठको पहिलो साता ७ अर्ब निक्षेप संकलन भएको थियो भने जेठको दोस्रो साता ६ अर्ब निक्षेप संकलन भएको छ । गत चैतको ३१ बाट घट्न थालेको निक्षेप वैशाख १६ सम्म घटेको थियो । त्यसपछि एक हप्तामा ६ अर्ब निक्षेप वढेको थियो भने निर्वाचनको एक हप्तामा पुनः ४ अर्ब निक्षेप घटेको थियो ।

यो सबै निक्षेप नेपाली रुपैयाँमा भएको हो । वैशाख १६ गतेदेखिको एक महिनाको अन्तरालमा विदेशी मुद्रामा निक्षेप थप्न सकेको छैन । वैशाख १६ मा १ खर्ब १० अर्ब विदेशी मुद्रामा निक्षेप रहेकोमा हालसम्म पनि सोही अंकमा निक्षेप रहेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार जेठ १३ गते शुक्रबारसम्म सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंकहरूको कुल कर्जा ४१ खर्ब ९८ अर्ब रहेको छ ।

वैशाख ३० गते शुक्रबार ४३ खर्ब ४० अर्ब रहेको निक्षेप जेठ १३ गते आउँदा १३ अर्बले बढेको हो । जेठ ६ गते शुक्रबार ४३ खर्ब ७७ अर्ब रहेकोमा पछिल्लो एक सातामा ६ अर्बले वृद्धि भएको देखिन्छ । यता वैशाख ३० गते शुक्रबार ४१ खर्ब ९१ अर्ब रहेको कर्जा लगानी जेठ ५ गते ३ अर्बले बढेर ४१ खर्ब ९४ अर्ब र जेठ १३ गते आउँदा ७ अर्बले बढेर ४१ खर्ब ९८ अर्ब पुगेको छ ।

पछिल्लो दुई सातामा निक्षेप १३ अर्बले वृद्धि हुँदा कर्जा ७ अर्बले बढेको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाखको ३१ सम्म कर्जा ४१ खर्ब ९१ अर्ब रहेकोमा जेठको पहिलो सातामा ४१ खर्ब ९४ अर्ब पुगेको थियो भने दोस्रो सातामा आइपुग्दा ४१ खर्ब ९८ पुगेको छ ।

निक्षेप र कर्जा दुवै बढेसँगै वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९०.४१ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ९० प्रतिशतमा सीडी रेसियो कायम गर्न यसअघि नै निर्देशन दिइसकेको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : १३ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा