११ बैशाख २०८१, मंगलबार | April 23, 2024

निर्वाचनताका निकालिएको निक्षेप बैंकिङ प्रणालीमा



काठमाडौं । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ ।

गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा वैशाखको दोस्रो सातामा आइपुग्दा ४३ खर्ब ६७ अर्बमा सीमित भएको थियो । सो अवधिमा २२ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिएको थियो । २७ वटा वाणिज्य बैंकबाट निस्केको सो रकम वैशाखको तेस्रो साताबाट विस्तारै भित्रिएको थियो ।

वैशाखको तेस्रो साता १ अर्ब निक्षेप बढेकोमा चौंथो साता ५ अर्ब थपेको थियो । निर्वाचनको साता भने पुनः ३ अर्ब बैंकिङ च्यानलबाट बाहिरिएको थियो । सोबेला बैंकिङ च्यानलमा ४३ खर्ब ७० अर्ब निक्षेप थियो । बाहिरिएको रकम जेठको पहिलो सातामा ७ अर्ब भित्रिएको थियो ।
सो सातामा ४३ खर्ब ७० अर्बबाट ४३ खर्ब ७७ अर्ब दोस्रो साता ४३ खर्ब ८३ अर्ब निक्षेप जम्मा हुन पुग्यो । चैतको अन्तिम साता ४३ खर्ब ८९ अर्ब निक्षेप रहेकोमा अब भने वाणिज्य बैंकहरूमा सबै रकम भित्री ४३ खर्ब ९० अर्ब पुगेको छ ।

नेपाली मुद्राको आधारमा निक्षेपलाई आधार मान्ने हो भने चुनावताका निकालिएको अझै निक्षेप १ अर्ब भित्रिन बाँकी रहेको छ । गत सातासम्ममा नेपाली मुद्रामा निक्षेप ४२ खर्ब ७८ अर्ब मात्र रहेको छ । गत साता २ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप संकलन भएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार बैंकहरूको गत सातासम्म निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ९० दशमलव ३२ प्रतिशत भएको छ । गत सातासम्ममा बैंकहरूको कर्जा घटेपछि यस्तो भएको हो । गत साता बैंकहरूको कर्जा वितरण ४१ खर्ब ९६ अर्ब मात्र रहेको छ । अघिल्लो साता बैंकहरूबाट वितरण भएको कर्जा ४१ खर्ब ९८ अर्ब थियो । बैंकहरूले असारसम्ममा निक्षेप कर्जा अनुपता ९० प्रतिशतमा झार्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकले भने सोमबारसम्ममा निक्षेप कर्जा अनुपात ९० प्रतिशतभन्दा कम रहेको तथ्यांक प्रस्तुत गरेको छ । आइतबार ८९ दशमलव ९९ प्रतिशत सीडी रेसियो रहेकोमा सोमबार ८९ दशमलव ९४ प्रतिशतमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको तुलनामा सोमबार ६ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूमा निक्षेप थपेको उल्लेख गरेको छ । आइतबार ४३ खर्ब ८७ अर्ब निक्षेप रहेकोमा सोमबार ४३ खर्ब ९३ अर्ब पुगेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार सबैजसो वित्तीय संस्थाहरूमा भने कुल निक्षेप ४९ खर्ब ७३ अर्ब पुगेको छ । आइतबारसम्म ४९ खर्ब ६७ अर्ब निक्षेप पुगेको थियो । अरू वित्तीय संस्थाहरूमा ५ खर्ब ८० अर्ब निक्षेप पुगेको छ ।

कर्जा पनि आइतबारभन्दा सोमबार ४ अर्ब बढेको छ । कर्जा ४७ खर्ब २० अर्बबाट ४७ खर्ब २४ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सोमबारसम्ममा वाणिज्य बैंकहरूबाट ४१ खर्ब ९२ अर्ब कर्जा वितरण भइसकेको छ । आइतबारसम्म ४१ खर्ब ८९ अर्ब थियो । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : १५ बजे

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा