२० मंसिर २०८२, शनिबार | December 6, 2025

वाम दलबीच भित्रभित्रै गठबन्धन प्रयास



काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् ।

प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन् । खासगरी एमालेले यसको अगुवाइ थालेको छ । तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन् ।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए । अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ । ‘भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, एमालेका एक पदाधिकारीले भने ।

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ । संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ । ‘वाम गठबन्धन प्रस्ताव प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आएका छन् तर ती विश्वासयोग्य छैनन्’, नेकपा एसका अध्यक्ष नेपाल निकट स्रोतले भन्यो ।

स्रोतका अनुसार एमालेबाट त्यस्तो प्रस्ताव आउनु नयाँ कुरा होइन । तर त्यो कुनै पनि अर्थमा विश्वास आर्जन गर्नेखालको छैन, बुझाैँ न त के रहेछ भन्ने तहबाट प्रस्ताव आएको हो । ‘विषयवस्तुको उठान गम्भीर ढंगले भएजस्तो लाग्दैन । निर्वाचनपछि केहीकेही विषयमा छलफल अघि बढ्न सक्छ भन्ने हामीलाई पहिला नै लागेको थियो । अहिले त्यही भएको छ । यसलाई सर्वथा नौलो र आश्चर्यको विषय मान्नु हुँदैन’, नेपाल निकट स्रोतले भन्यो ।

यही जेठ ११ मा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वामगठन्धनको प्रस्ताव पनि आएको हो । दुई नेताबीचको भेटपछि एमाले-जसपा सहकार्यको चर्चा चल्न थालेको छ । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : २८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले