२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पोखरामा आमा र बच्चा मृत फेला, हत्याको आशंका



पोखरा । पोखराको सिर्जना चोकमा आमा र बच्चा मृत फेला परेका छन् । घटनाको प्रकृति हेर्दा बच्चाको हत्यापछि आमाले आत्महत्या गरेको देखिन्छ । यद्यपि यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

भारत घर भएकी ती महिलाले चितवनका पुरुषसँग विवाह गरेर पोखरा बसोबास गर्दै आएको बुझिएको छ । श्रीमान् घरमा नभएको बेला घटना भएकोले अहिले नै कारण नखुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘दुवै हत्या भएको पनि हुन सक्छ । वा बच्चाको हत्या र आमाको आत्महत्या पनि हुन सक्छ । जाहेरी परेको छ । हामी खोजी गर्दैछौं,’ उनले भने, ‘प्रारम्भिक अवस्थामा अहिले व्याख्या गर्न मिल्ने स्थिति छैन ।’ बच्चा भने कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : २१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी