४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

प्रतिनिधिसभा निर्वाचन १० मंसिरभित्रै



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।

स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मिति’ अनौपचारिक छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।

‘प्रधानमन्त्री र प्रचण्डको मत एउटै छ, सके कात्तिक अन्तिम नभए मंसिर पहिलो साता प्रतिनिधि सभा निर्वाचन गरौं भन्ने उहाँहरूको मत छ,’ कांग्रेस स्रोतले भन्यो ।

गठबन्धनको बैठकमा दसैं सकिए लगत्तै निर्वाचन कार्यक्रम सुरु गर्नेगरी निर्वाचन आयोगसँग प्रतिनिधि सभा निर्वाचनको मिति’ परामर्श थाल्नुपर्ने विषयमा छलफल भएको थियो । सो छलफलअनुसार कात्तिक अन्तिमदेखि मंसिर पहिलो सातासम्मको समय सीमा’bout छलफल भएको हो ।

माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले प्रतिनिधि सभा निर्वाचन’ अनौपचारिक चर्चा र छलफल सुरु भएको जानकारी दिए ।

‘प्रतिनिधि सभा निर्वाचन’ बैठकमा औपचारिक एजेन्डा त बनेको छैन तर अनौपचारिक चर्चा र छलफल हुन थालेको हो, अहिलेको प्रतिनिधि सभाका सदस्यहरूको पदावधि समाप्त हुने मिति कहिलेलाई मान्ने भन्ने मूल कुरा अहिले चर्चामा छ,’ माओवादी केन्द्रका नेता पोखरेलले राजधानीसँग भने ।

यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत प्रदेश सभाको निर्वाचनसमेत सोही मितिमा सम्पन्न भएको थियो ।

त्यसबखत निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न ढिलाइ गरेका कारण २० फागुनमा पद तथा गोपनीयताको शपथ लिएका थिए । मंसिरमा निर्वाचन भए पनि सांसदहरूले फागुनमा शपथ खाएर कार्य प्रारम्भ गरेका कारण प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिने मान्ने कि फागुनमा भन्ने अन्योल छ ।

माओवादी केन्द्रका नेता पोखरेलले चुनाव सम्पन्न भएको मितिलाई आधार मान्ने हो भने आगामी मंसिर र शपथको मितिलाई मान्ने हो भने २० फागुनमा प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने जानकारी दिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ६ : ३७ बजे

‘सङ्घीय सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सङ्घीय सरकार

संसदको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति र दुई

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका

प्रदेश खेलकुद मन्त्री पाण्डेद्वारा क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको निरीक्षण

नेपालगन्ज । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता