१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एक करोड बढीमा निर्मित भजन भवन प्रयोगविहीन



भक्तपुर । भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन भवन प्रयोगविहीन अवस्थामा छ ।

पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा निर्माण सम्पन्न भएको थियो । भजन घर पुनर्निर्माण सके पनि प्रयोगमा ल्याउन सामान्य काम नसकिंदा प्रयोगविहीन बनेको हो । भजन घर प्रयोगमा ल्याउन रंगरोगन, विद्युत, पानी आदिको व्यवस्था नहुँंदा भजन घर प्रयोगिविहीन बनेको हो ।

यी कामका लागि तीन लाख रुपैयाँंको लागत इष्टिमेट थियो । तर त्यो तीन लाख रुपैयाँं अहिलेसम्म सरोकारवाला निकायबाट प्राप्त भएको छैन । उक्र रकम अड्किंदा भजन घर निर्माण सम्पन्न भएको धेरै वर्ष भए पनि प्रयोगविहीन बनेको हो ।

भजन घरसँंगै घर भएका स्थानीय डा। इन्दुल केसी हाती छिर्यो, पुच्छर अड्क्यो जस्तो अवस्था अहिले भजन घरमा भइरहेको बताउँंछन् । पुरातत्व विभागले पुनर्निर्माणका लागि एक करोडभन्दा बढी पैसा दिएको तर सामान्य रंगरोगनलगायतका काम गर्न तीन लाख रुपैयाँं निकासा नहुँंदा भवन प्रयोग गर्न नमिलिरहेको उनले सुनाए ।

केसीका अनुसार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पुरातत्व विभागलाई रकम पठाउन पटकपटक ताकेता गरिरहेको छ । तर विभाग वा केन्द्र सरकारले चासो नदेखाउँंदा अहिलेसम्म पनि रकम निकासा हुन सकेको छैन । यही कारण भवन प्रयोगमा समस्या देखिएको हो ।

२०७२ को महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो भजन घर बस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुनर्निर्माण गर्न लगाएको थियो ।

१९९४ सालमा स्थापित यो भक्तपुरकै पुरानो भजन घर रहेको बताइन्छ । यो श्यासुन्दर रास भजन मण्डल र श्री बुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा रहेको छ ।

भजन घरको भुइँतल्लामा दुईवटा पसल कवल भाडामा दिइएको छ । भाडावालले भाडा नतिर्दा भजन घरसँंग बजेट नभएको हो ।
भजन घरको माथिल्लो तल्ला मात्रै सञ्चालनमा ल्याउन समस्या परेको छ ।

भजन घर भक्तपुर नगरको मुख्य बजारको बाटो नासमनामा रहेको छ । भजन घर चार तल्लाको छ । ढलान नगरी परम्परागत रूपमै भजन घर पुनर्निर्माण गरिएको छ । इँटा माटो जोडाइबाटै भजन घर बनाइएको हो । अगाडिको मोहडा पनि परम्परागत रूपमै छ । माथि छानामा काठ राखेर झिंगटी छाइएको छ ।

भनज घरभित्र श्यासुन्दर रारा रुक्मिनीको आकर्षक मूर्ति पनि स्थापित भइसकेको छ । भजन घर पुनर्निर्माणका लागि नक्सा पास र डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क रूपमा गरिदिएको थियो । पुरातत्व विभागले दिएको बजेटबाट भजन घरको पुनर्निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : ३३ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले