७ आश्विन २०८३, बुधबार | September 23, 2026

एक करोड बढीमा निर्मित भजन भवन प्रयोगविहीन



भक्तपुर । भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन भवन प्रयोगविहीन अवस्थामा छ ।

पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा निर्माण सम्पन्न भएको थियो । भजन घर पुनर्निर्माण सके पनि प्रयोगमा ल्याउन सामान्य काम नसकिंदा प्रयोगविहीन बनेको हो । भजन घर प्रयोगमा ल्याउन रंगरोगन, विद्युत, पानी आदिको व्यवस्था नहुँंदा भजन घर प्रयोगिविहीन बनेको हो ।

यी कामका लागि तीन लाख रुपैयाँंको लागत इष्टिमेट थियो । तर त्यो तीन लाख रुपैयाँं अहिलेसम्म सरोकारवाला निकायबाट प्राप्त भएको छैन । उक्र रकम अड्किंदा भजन घर निर्माण सम्पन्न भएको धेरै वर्ष भए पनि प्रयोगविहीन बनेको हो ।

भजन घरसँंगै घर भएका स्थानीय डा। इन्दुल केसी हाती छिर्यो, पुच्छर अड्क्यो जस्तो अवस्था अहिले भजन घरमा भइरहेको बताउँंछन् । पुरातत्व विभागले पुनर्निर्माणका लागि एक करोडभन्दा बढी पैसा दिएको तर सामान्य रंगरोगनलगायतका काम गर्न तीन लाख रुपैयाँं निकासा नहुँंदा भवन प्रयोग गर्न नमिलिरहेको उनले सुनाए ।

केसीका अनुसार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पुरातत्व विभागलाई रकम पठाउन पटकपटक ताकेता गरिरहेको छ । तर विभाग वा केन्द्र सरकारले चासो नदेखाउँंदा अहिलेसम्म पनि रकम निकासा हुन सकेको छैन । यही कारण भवन प्रयोगमा समस्या देखिएको हो ।

२०७२ को महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो भजन घर बस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुनर्निर्माण गर्न लगाएको थियो ।

१९९४ सालमा स्थापित यो भक्तपुरकै पुरानो भजन घर रहेको बताइन्छ । यो श्यासुन्दर रास भजन मण्डल र श्री बुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा रहेको छ ।

भजन घरको भुइँतल्लामा दुईवटा पसल कवल भाडामा दिइएको छ । भाडावालले भाडा नतिर्दा भजन घरसँंग बजेट नभएको हो ।
भजन घरको माथिल्लो तल्ला मात्रै सञ्चालनमा ल्याउन समस्या परेको छ ।

भजन घर भक्तपुर नगरको मुख्य बजारको बाटो नासमनामा रहेको छ । भजन घर चार तल्लाको छ । ढलान नगरी परम्परागत रूपमै भजन घर पुनर्निर्माण गरिएको छ । इँटा माटो जोडाइबाटै भजन घर बनाइएको हो । अगाडिको मोहडा पनि परम्परागत रूपमै छ । माथि छानामा काठ राखेर झिंगटी छाइएको छ ।

भनज घरभित्र श्यासुन्दर रारा रुक्मिनीको आकर्षक मूर्ति पनि स्थापित भइसकेको छ । भजन घर पुनर्निर्माणका लागि नक्सा पास र डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क रूपमा गरिदिएको थियो । पुरातत्व विभागले दिएको बजेटबाट भजन घरको पुनर्निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : ३३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई