१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

‘सी’ डिभिजन लिग आज समाप्त हुँदै



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘सी’ डिभिजन लिग आज शुक्रबार समापन हुँदैछ ।

लिगको ९१ औं खेलमा झापा फुटबल क्लब र स्वयम्भू क्लबबीचको प्रतिस्पर्धासँगै यस सिजन २०७८/७९ लिग समाप्त हुनेछ ।

३१ अंक साथ लिगको शीर्षस्थानमा रहँदै झापा दोस्रो डिभिजनमा बढुवा भइसकेको छ । यस्तै एक खेल बाँकी रहँदै पुछारमा रहेर विरगंज युथ एकेडेमी र ओसिस क्लब रेलिगेशनमा परेका छन् ।

शीर्ष दुईमा रहेर सहिद स्मारक ‘बी’ डिभिजनमा लिगमा बढुवा हुने टोलीको भने अन्तिम दिन नै टुंगो लाग्नेछ ।

जसको लागि दोस्रो स्थानको प्लानिङ व्बाइज युनाईटेड र तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई अवसर छ । दुबैको समान २८ अंक छ ।

आजको खेलमा प्लानिङ ब्वाइजले जित निकाले स्वतः बढुवा हुनेछ । यदि प्लानिङ बराबरीमा रोकिए या हार बेहोरेमा आरसी ३२ लाई माथिल्लो डिभिजनमा उक्लने अवसर रहने छ । तर त्यसका लागि आरसी ३२ ले अनिवार्य जित्नुपर्नेछ ।

आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल साठे १२ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ । ओसिस र प्लानिङ सोहि समयमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन् ।

झापा र स्वयम्भूबीचको खेल साठे ३ बजे एन्फा कम्प्लेक्समै हुनेछ । यस पछि पुरस्कार वितरण समारोह रहनेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १० : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम