१ आश्विन २०८३, बिहिबार | September 17, 2026

‘सी’ डिभिजन लिग आज समाप्त हुँदै



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘सी’ डिभिजन लिग आज शुक्रबार समापन हुँदैछ ।

लिगको ९१ औं खेलमा झापा फुटबल क्लब र स्वयम्भू क्लबबीचको प्रतिस्पर्धासँगै यस सिजन २०७८/७९ लिग समाप्त हुनेछ ।

३१ अंक साथ लिगको शीर्षस्थानमा रहँदै झापा दोस्रो डिभिजनमा बढुवा भइसकेको छ । यस्तै एक खेल बाँकी रहँदै पुछारमा रहेर विरगंज युथ एकेडेमी र ओसिस क्लब रेलिगेशनमा परेका छन् ।

शीर्ष दुईमा रहेर सहिद स्मारक ‘बी’ डिभिजनमा लिगमा बढुवा हुने टोलीको भने अन्तिम दिन नै टुंगो लाग्नेछ ।

जसको लागि दोस्रो स्थानको प्लानिङ व्बाइज युनाईटेड र तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई अवसर छ । दुबैको समान २८ अंक छ ।

आजको खेलमा प्लानिङ ब्वाइजले जित निकाले स्वतः बढुवा हुनेछ । यदि प्लानिङ बराबरीमा रोकिए या हार बेहोरेमा आरसी ३२ लाई माथिल्लो डिभिजनमा उक्लने अवसर रहने छ । तर त्यसका लागि आरसी ३२ ले अनिवार्य जित्नुपर्नेछ ।

आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल साठे १२ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ । ओसिस र प्लानिङ सोहि समयमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन् ।

झापा र स्वयम्भूबीचको खेल साठे ३ बजे एन्फा कम्प्लेक्समै हुनेछ । यस पछि पुरस्कार वितरण समारोह रहनेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १० : ३९ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको