१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

वामआन्दोलनका मुख्य नेताहरु नै वाम एकताको पक्षमा छैनन : झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ वानेश्वस्थित संसद भवन पुगेका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता मलुकको आवश्यकता भएको बताए । तर, वाम एकताको पक्षमा मुख्य नेता भन्नेहरु नै नरहेको खनालले जिकिर गरे ।

खनालले नेताहरुले वाम एकताको ऐतिहासिकता र आवश्यकता नबुझेसम्म एकता सम्भव नहुने स्पष्ट पारे । उनले भने, – ‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’

खनालले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदहरुको न्यून उपस्थिति हुनु राम्रो नभएको समेत टिप्पणी गरे । संसदलाई उपेक्षा गरेमा नराम्रा परिणामहरु आउने उनले चेतावनी दिए । उनले भने, ‘यो राजनीतिक पार्टीहरुले र स्वयम् सांसदहरुले संसदलाई कसरी हेर्नुहुन्छ, त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ, त्यहाँ हुने बहश, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भिरतापुर्वक लिनुहुन्छ भन्ने कुरा माथि पनि निर्भर गर्छ । यसरी संसदप्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणामहरु ल्याउन सक्छ ।’

तर, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सांसदहरुको पर्याप्त उपस्थिति रहेको दाबी गरे । मन्त्रालयको काम र निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटनुपर्ने हुँदा सांसदहरुले कहिलेकाहीँ छोटो समय संसद बैठक छोड्ने गरेको उहाँले बताए । पुनले भने, – ‘माननीयहरु पर्याप्त उपस्थित हुनुहुन्छ । कहिलेकाहीँ आधि घण्टा, एकघण्टा बजेट चलिराखेको छ । मन्त्रालयका विनियोजनहरु चलिराखेको हुन्छ । त्यसमा पनि जानुहुन्छ माननीयज्यूहरु । निर्वाचन क्षेत्रका मतदाताहरु आउने, साथीभाई आउने, कहिले हस्पिटलको कुरो होला । कहिले अफिसको कुरा होला यस्ता स–साना कामहरुमा निस्किनु हुन्छ । तर यहाँ गम्भिर रुपले नै सहभागि भइरहनु भएको छ । उपस्थिति छ ।’

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ५ : २१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग