१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले बैंकको शाखा बिस्तार सँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुंच थप बिस्तार हुने बताए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरीय र बिश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गतेदेखि बैंकिङ्ग कारोबार शुरु गरेको बैंकका ८४ वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका बताए ।

काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको एकमात्र विकास बैंकको लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : २४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर