२१ बैशाख २०८३, सोमबार | May 4, 2026

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख पौडेलले बैंकको शाखा बिस्तार सँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुंच थप बिस्तार हुने बताए ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरीय र बिश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले २०६५ साल फागुन ११ गतेदेखि बैंकिङ्ग कारोबार शुरु गरेको बैंकका ८४ वटा शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय र ७ वटा एटिएम सञ्चालनमा रहेका बताए ।

काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको एकमात्र विकास बैंकको लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : २४ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र