७ पुस २०८२, सोमबार | December 22, 2025

यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत



काठमाडौं । यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

शुक्रवार बसेकोसभाको बैठकले सभाबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ ।

यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । राष्ट्रियसभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौडयाल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता भएको यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

तिमिल्सिनाले भने, ‘माननीय कमला पन्त प्रश्तावक र माननीय डा. विमला राई पौडयाल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता गर्नुभएको यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु । माननीय सदस्यहरु सभाबाट स्वीकृत यौन अपराधबिरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देश गर्दछ ।’

राष्ट्रिय सभाको अर्को बैठक जेठ २४ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : २८ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र