१० भदौ २०८३, बुधबार | August 26, 2026

जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्यौं : विनायक शाह



काठमाडौं । होटल एशोसिएशन नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताएका छन् ।

हानले यही जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो । जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै शाहले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताए । उपाध्यक्ष शाहले जेठ १८ गतेबाट ‘नो टू प्लाष्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए । उनले २०२४ सम्ममा होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए ।

उनले भने, ‘पहिलो कुरा जुन क्लाइमेट चेन्जको असर छ, त्यसमा प्लाष्टिकको रोल धेरै देखियो । त्यो धेरै लामो समयसम्म माटोमा बसिराख्ने । त्यसले गर्दा हाम्रो राज्यप्रति, जनता,समाजप्रति होटल क्षेत्रको जुन जिम्मेवारी हो । प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने, भएकोले कोभिडको २ वर्षमा राम्रो व्यापार हुन नसकेकोले के नयाँ गर्ने भनेर यसमा सोचेका थियौँ । हामीले होटलका रुमहरुलाई प्लाष्टिक फ्रि गर्ने, होटलका रुमलाई प्लाष्टिकजन्य सामानहरुबाट नयाँ विकल्प ल्याउने भन्नेमा हामी अघि बढयौँ । हामीले जेठ १८ गतेबाट नो टू प्लाष्टिक भन्ने नारासहित हामीले यो काम शुरु गरेका छौँ । यसमा हामीले डिसेम्बर २४, २ वर्षभित्रमा हानका सदस्यहरुले यो नियम पालना गरेर होटलमा आउनेहरुलाई प्लाष्टिकजन्य वस्तु बेगर सेवा दिने भन्ने अभियान शुरु गरेका छौँ । प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो हुन्छ तर होटलहरुका लागि शुरुवाती चरण हो यो । लङटममा फाइदा हुन्छ । शुरुमा ग्राहकलाई न्यूनतम हुनेसम्म के गर्न सक्छौँ त्यो गर्नेछौँ । सामानहरु बजारमा उपलब्ध छ । सेवा क्षेत्र भएकोले गुणस्तर सर्वोपरी नै हुन्छ । प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएका हुन्छन ।’

उपाध्यक्ष शाहले प्लाष्टिक भन्दा प्राकृतिक कुराहरु केही मात्रामा महंगो भएपनि यसले धेरै फाइदा गर्ने बताए । उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरुको प्रयोगमा जोड दिने जनाए । उनले प्लाष्टिक फ्रि सामानहरु पनि टेस्टेड, क्वालिटी सर्टिफिकेशन भएको हुने बताए । प्लाष्टिकजन्य पदार्थको अत्याधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमालीय क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : ३७ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ