२३ असार २०८३, मंगलबार | July 7, 2026

नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सर उपचार उपलब्ध रहेको दाबी



काठमाडौं । अब नेपालमै क्यान्सरको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलब्ध रहेको दाबी गरिएको छ । नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँचौँ वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका क्यान्सर विज्ञ डा. सुदीप श्रेष्ठले उक्त दाबी गरेका हुन् ।

उनले त्यसकारण विदेशमा पुगेर महँगोमा क्यान्सर उपचार गर्न जानु नपर्ने बताए । नेपाल क्यान्सर हस्पिटल रिसर्चले नेपालमै कम पैसामा क्यान्सरको उपचार गर्न आफूहरू सफल भएको दाबी उनले गरे । नेपालको क्यान्सरको उपचार नेपालमा नै भन्ने नाराका साथ आफूहरूले नेपालमै कम पैसामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार सेवा प्रदान गर्दै आइरहेको जनाए ।

क्यान्सर उपचारमा सदैव साथ बिरामीको हातमा हाम्रो हात भन्ने भावनाका साथ आफूहरू बिरामीमा सेवामा दिनरात लागिरहेको उनको भनाई थियो ।

वार्षिकोत्सवको उद्घाटन स्वास्थ्य सचिव डा। रोशन पोखरेलले गरेका थिए । त्यस अवसरमा अस्पतालमा आठ वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रमको क्रममा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि दिलाइएको थियो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा निकाल्दै आएको आशा स्मारिकाको पनि संयुक्त रूपमा विमोचन गरिएको थियो ।

नेपालमा सेन्टरका साथै भरतपुर क्यान्सर अस्पताल भरतपुर चितवन, भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरलगायतका अस्पतालमा बढी प्रख्यात छन् । पछिल्लो क्यान्सर अस्पतालकारुपमा बाँकेको खजुरामा पनि सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल संचालनमा आएको छ । क्यान्सर उपचार नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउन डा श्रेष्ठकै अगुवाइमा ललितपुरको हरिसिद्धिमा ठूलो स्केलमा पछिल्लो पटक नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ११ : १६ बजे

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित