११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यान्सर उपचार उपलब्ध रहेको दाबी



काठमाडौं । अब नेपालमै क्यान्सरको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार उपलब्ध रहेको दाबी गरिएको छ । नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको राजधानीमा भएको पाँचौँ वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सेन्टरका संस्थापक तथा कार्यकारी अध्यक्षसमेत रहेका क्यान्सर विज्ञ डा. सुदीप श्रेष्ठले उक्त दाबी गरेका हुन् ।

उनले त्यसकारण विदेशमा पुगेर महँगोमा क्यान्सर उपचार गर्न जानु नपर्ने बताए । नेपाल क्यान्सर हस्पिटल रिसर्चले नेपालमै कम पैसामा क्यान्सरको उपचार गर्न आफूहरू सफल भएको दाबी उनले गरे । नेपालको क्यान्सरको उपचार नेपालमा नै भन्ने नाराका साथ आफूहरूले नेपालमै कम पैसामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उपचार सेवा प्रदान गर्दै आइरहेको जनाए ।

क्यान्सर उपचारमा सदैव साथ बिरामीको हातमा हाम्रो हात भन्ने भावनाका साथ आफूहरू बिरामीमा सेवामा दिनरात लागिरहेको उनको भनाई थियो ।

वार्षिकोत्सवको उद्घाटन स्वास्थ्य सचिव डा। रोशन पोखरेलले गरेका थिए । त्यस अवसरमा अस्पतालमा आठ वर्षदेखि निरन्तर सेवा गरिरहेका तीन जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यक्रमको क्रममा गीत, नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि दिलाइएको थियो । कार्यक्रममा वार्षिकोत्सवको अवसरमा निकाल्दै आएको आशा स्मारिकाको पनि संयुक्त रूपमा विमोचन गरिएको थियो ।

नेपालमा सेन्टरका साथै भरतपुर क्यान्सर अस्पताल भरतपुर चितवन, भक्तपुर क्यान्सर अस्पताल दूधपाटी भक्तपुरलगायतका अस्पतालमा बढी प्रख्यात छन् । पछिल्लो क्यान्सर अस्पतालकारुपमा बाँकेको खजुरामा पनि सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल संचालनमा आएको छ । क्यान्सर उपचार नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउन डा श्रेष्ठकै अगुवाइमा ललितपुरको हरिसिद्धिमा ठूलो स्केलमा पछिल्लो पटक नेपाल क्यान्सर हस्पिटल रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ११ : १६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना