१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

शाइन रेसुङ्गा बैंकको शाखा कावासोतीमा



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि सभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् ।

सो अवसरमा बोल्दै सांसद महतले अझै पनि ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेकाले शाखा विस्तारसँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुंच थप बिस्तार हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बागमती प्रदेशको काठमाडांैमा ५ स्थानसहित लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८४ स्थानमा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराउंदै बैंकले स्थानीयको माग र आवश्यकताका आधारमा बैंकिङ सेवा प्रदान गर्ने बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगा मात्र भएको बताए । बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ४ : १३ बजे

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय