३ आश्विन २०८३, शनिबार | September 19, 2026

शाइन रेसुङ्गा बैंकको शाखा कावासोतीमा



बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि सभा सांसद तिलक महतले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

यसअघि गण्डकी प्रदेशको कास्कीको पोखरा र बागलुङको बुर्तिबाङमा बैंकका शाखा सञ्चालनमा छन् ।

सो अवसरमा बोल्दै सांसद महतले अझै पनि ग्रामीण क्षेत्र र विपन्न समुदायमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुग्न बांकी रहेकाले शाखा विस्तारसँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहुंच थप बिस्तार हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बागमती प्रदेशको काठमाडांैमा ५ स्थानसहित लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका ८४ स्थानमा शाखा कार्यालय सञ्चालनमा रहेका जानकारी गराउंदै बैंकले स्थानीयको माग र आवश्यकताका आधारमा बैंकिङ सेवा प्रदान गर्ने बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगा मात्र भएको बताए । बैंकका लुम्बिनी प्रदेशमा मात्रै ७१ वटा शाखा सञ्चालनमा छन् भने संघीय राजधानी काठमाडौंमा ५ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ४ : १३ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको