३१ भदौ २०८३, बुधबार | September 17, 2026

बुटवल क्रिकेट विकास समितिमा सोहन



बुटवल । क्रिकेट खेल र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको बुटवल क्रिकेट विकास समितिको सोमबार बुटवलमा बसेको विशेष बैठकले पुर्व क्रिकेटर सोहन श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रोमित बज्राचार्य, उपाध्यक्षमा अनिल सेन्चुरी, सचिव पुनित पोख्रेल, सहसचिव आयुष बोगटी, कोषाध्यक्षमा राजु राना र सहकोषाध्यक्षमा समित बज्राचार्य सर्वसम्मत चयन भएका छन ।

समितिको अध्यक्ष नेत्र प्रसाद पौडेलको अध्यक्षमा बसेको विशेष बैठकले नया नेतृत्व चयनका साथै आगामी कार्ययोजना समेत बनाएको छ । एक हप्ताभित्र कार्यसमितिले पुर्णता पाउने उनले बताए ।

नवनिर्वाचित अध्यक्ष सोहन श्रेष्ठले नगरभित्रका खेलाडीहरुको तथ्याक संकलन गर्ने, पुर्वाधार विकासमा स्थानिय सरकारसंग समन्वय गर्ने प्रतिवद्धता जनाए । बुटवलमा क्रिकेट खेलको सम्भावनालाई मध्येनजर गरि यहा खेलपुर्वाधार विकाससंगै युवा खेलाडी उत्पादन गर्न विशेष कार्यक्रमहरु चलाउने उनले बताए ।

समितिको अगुवाईमा बुटवल उपमहानगरपालिका वडा नं १६ मा एकमात्र क्रिकेट मैदानको निमार्णको पहिलो चरण पुरा गरेको सचिव पुनित पोख्रेलले बताए । यसैगरि प्रत्येक वर्ष विभिन्न प्रतियोगिताहरु समेत गर्दै आएको भन्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ५ : २७ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै