१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

बुटवल क्रिकेट विकास समितिमा सोहन



बुटवल । क्रिकेट खेल र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको बुटवल क्रिकेट विकास समितिको सोमबार बुटवलमा बसेको विशेष बैठकले पुर्व क्रिकेटर सोहन श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रोमित बज्राचार्य, उपाध्यक्षमा अनिल सेन्चुरी, सचिव पुनित पोख्रेल, सहसचिव आयुष बोगटी, कोषाध्यक्षमा राजु राना र सहकोषाध्यक्षमा समित बज्राचार्य सर्वसम्मत चयन भएका छन ।

समितिको अध्यक्ष नेत्र प्रसाद पौडेलको अध्यक्षमा बसेको विशेष बैठकले नया नेतृत्व चयनका साथै आगामी कार्ययोजना समेत बनाएको छ । एक हप्ताभित्र कार्यसमितिले पुर्णता पाउने उनले बताए ।

नवनिर्वाचित अध्यक्ष सोहन श्रेष्ठले नगरभित्रका खेलाडीहरुको तथ्याक संकलन गर्ने, पुर्वाधार विकासमा स्थानिय सरकारसंग समन्वय गर्ने प्रतिवद्धता जनाए । बुटवलमा क्रिकेट खेलको सम्भावनालाई मध्येनजर गरि यहा खेलपुर्वाधार विकाससंगै युवा खेलाडी उत्पादन गर्न विशेष कार्यक्रमहरु चलाउने उनले बताए ।

समितिको अगुवाईमा बुटवल उपमहानगरपालिका वडा नं १६ मा एकमात्र क्रिकेट मैदानको निमार्णको पहिलो चरण पुरा गरेको सचिव पुनित पोख्रेलले बताए । यसैगरि प्रत्येक वर्ष विभिन्न प्रतियोगिताहरु समेत गर्दै आएको भन्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ५ : २७ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम