१० चैत्र २०८२, मंगलबार | March 24, 2026

प्राकृतिक विपदको चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपदको छैन पूर्व तयारी



सिन्धुपाल्चोक । यस वर्ष मनसुन जेठबाटै सुरु भएको छ । धेरै वर्षा हुँदा पहाडी क्षेत्रमा बाढी पहिरोको प्रकोपले बढी सताउने गर्दछ । त्यसैमाथि प्राकृतिक विपदको चपेटामा परिरहने सिन्धुपाल्चोकमा विपद पूर्वको तयारीमा सरकार जिम्मेवार देखिएको छैन् ।

हेलम्बु गाउँपालिकाका डम्बर बहादुर भण्डारी भन्छन् , ‘ सरकारले पूर्व तयारी गरिदिए अघिल्लो वर्षाको बाढीबाट जोगिएको घर बच्थ्योकि भन्ने आश थियो तर, अहिलेसम्म केही व्यबस्थापन नभैकन मनसुन सुरु भयो । अब जोखिम मोलेर बस्न बाध्य भएकाछौं, कि आफूखुसी सबै जना घर छोडेर हिँड्नु पर्यो । ’

जोखिममा रहेका बस्तीका परिवार बर्खा लाग्नु अगावै सुरक्षित ठाउँमा जान चाहन्छन् । तर, बस्ती स्थानान्तरणको काममा ढिलासुस्ती हुँदा यो वर्खामा फेरी मानवीय क्षति हुन सक्ने खतरा देखिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूगर्वविद् सहित सिन्धुपाल्चोकका २ सय ५० बस्तीको अध्यन गर्दै जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।

सिन्धुपाल्चोकका १२ बस्ती तत्कालै सार्नुपर्ने खालका छन् । बाँकी २० बस्ती असुरक्षित रहेका छन् । एकपछि अर्काे प्राकृतिक विपत्ति भोग्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ, तर सोही अनुसार काम हुन सकेको छैन । नागरिक जोखिमयुक्त बस्तीमा ज्यानको बाजी राखेर बस्न बाध्य रहेका छन् ।

बाह्रविसे नगरपालिका , मेलम्ची नगरपालिका, भोटेकोशी गा.पा., जुगल गा.पा., पाँचपोखरी थाङपाल गा.पा.र हेलम्बु गाँउपालिका पहिरो र बाढीका हिसाबले अत्यधिक जोखिममा छन् । स्थानिय चिरा र धजा फाटेको जमिनमा जीवन बचाउन याचना गर्दै बसेका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी बेध निधि खनाल भन्छन् , ‘ विपद व्यवस्थापन प्राधिकरणबाट विपद व्यवस्थापनको क्षेत्रमा काम गर्नलाई आएको ३४ करोड रकम काम गर्न नसकेर यहि आर्थिक वर्षमा अर्थ मन्त्रालयमा फिर्ता भएको छ , जनशक्ति नहुँदा सोचेजस्तो काम गर्न सकेको छैन् । ’

२०७१ सालको जुरे पहिरोदेखि सिन्धुपाल्चोकमा सुरु भएको प्राकृतिक विपत्ति हालसम्म पनि रोकिएको छैन । ६ वर्षदेखि भएको लगातारको प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै ३७ सय ९० को मृत्यु भइसकेको छ । अझै पनि ३७ जनाको अवस्था अज्ञात नैे छ । प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकमा मात्रै अर्बौको क्षती भइसकेको छ । यसपटकको मनसुनबाट हुन सक्ने क्षति कम गर्न सिन्धुपाल्चोकमा तयारी भएको देखिँदैन ।

चुनाव जितेका जनप्रतिनिधि अहिलेसम्म बधाई थाप्न मै व्यस्त छन् । अघिल्लो वर्ष पहिरोबाट जोगिएकाहरू मनसुन सुरू भएसँगै यसपटक फेरि त्रासमा परेका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : ५४ बजे

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा