७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

रुपन्देहीका १३ पालिकाका जनप्रतिनिधिले गरे पत्रकार महासंघको कार्यक्रम अघोषित बहिष्कार



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले मंगलबार आयोजना गरेको कार्यक्रम रुपन्देहीका बहुसंख्यत पालिकाका जनप्रतिनिधिहरुले अघोषित बहिष्कार गरेका छन। शाखाले गरेको संचार र स्थानिय तहको अन्तर सम्बन्ध विषयक अन्तरसम्बाद कार्यक्रममा रुपन्देहीका ३ वटा पालिका प्रमुख बाहेक अन्य सबै पालिका प्रमुखहरुले अघोषित बहिस्कार गरेका छन् । कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे समयमा पुगेका थिए भने तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण र सुद्धोदन गाँउपालिकाका प्रमुख विष्णु बस्याल कार्यक्रम सकिनै लाग्दा कार्यक्रममा पुगेका थिए ।

कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पार्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सबै पालिकाका नवनिर्वाचित प्रमुखहरुलाई पटक पटक फोन गरेर निमन्त्रणा गरिएपनि कार्यक्रममा उपस्थित नभएको भन्दै गुनासो पोखेका थिए । उनले अन्तरक्रियाले महासंघलाई भन्दा जन प्रतिनिधिलाई नै फाईदा पुग्ने थियो भन्दै अनुपस्थित भएर सञ्चार क्षेत्रलाई बेवास्ता गरिएको बताए ।

कार्यक्रममा शाखाका सल्लाहकार खिमानन्द भट्टराईले सबै मिडियाहरुलाई समान दृष्टिकोणबाट हेर्न सुझाव दिदै स्थानिय पालिकाहरु बलियो बनाउन संचारमैत्री बनाउनुपर्ने बताए।

महासंघका निवर्तमान अध्यक्ष यानेन्द्र जिसिले जनप्रतिनिधिहरुको सुझावसल्लाह पत्रकारलाई सुनाउने उपयुक्त फोरमलाई सदुपयोग गर्नबाट जनप्रतिनिधिहरु चुकेको बताए। उनले आफ्नो कार्यकालमा समेत समन्वयको लागि कार्य अघि बढाउदा समेत सफल हुन नसकेको गुनासो गरे।

कार्यक्रममा खबरकुराका शरण कर्माचार्यले निर्वाचनमा विजयी भएसँगै जनप्रतिनिधिहरुले सञ्चारकर्मीहरुको फोन नउठाउने गरेको गुनासो गरे । उनले आम नागरिकको गुनासो सुनिदिने धैर्यता मात्र राख्न सकेपनि जनप्रतिनिधिहरु सफल हुने सुझाव दिए ।

संचारिका समुहका निरु गौतमले लैगिकमैत्री संचार अप्नाउनुपर्ने सुझाव दिँदै पालिकाका सुचनाहरु संचारगृहलाई उपलब्ध गराउनु पारदर्शिताको उदाहरण हुने स्पष्ट पारिन्।

सल्लाहकार बालकृष्ण चापागाईंले नगरप्रमुख सबैको साझा हुनुपर्ने सुझाव दिदै संचारगृह र स्थानिय पालिककाबीच नङ र मासुको सम्बन्ध रहने बताए। पत्रकारीताको मोफसलको राजधानी बुटवलको अवस्थालाई उकास्न पत्रकारको दक्षता र क्षमता विकासलाई स्थानियपालिकाहरुबाट आवश्यक सहयोग जरुरी रहेको उनले बताए। मिडिया डेभलपमेन्ट फण्ड स्थापना गरेर मिडियालाई बजेटमा एकरुपता र समानुपातिक लागू गर्न उनले सुझाव दिए।

बुटवल उपमहानगरपालिकाका खेलराज पाण्डेले चुनाव अघि घोषणा अनुसारका काम सम्पन्न गरेर नगरबासीले अनुभव गर्ने गरि अघि बढेको बताए। नगरमा सडक बिस्तार, ज्योतिनगर पहिरो, भुमिआयोगमार्फत संकलन भएको १६ हजार घरधुरीलाई बसोबासको पुर्जा वितरण गर्ने, कृषि उपज केन्द्रको स्थापना लगायतका धेरै कामलाई अगाडि बढाएको उनले बताए।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले पत्रकार हकहित र क्षमता अभिवृद्धिमा योजनाहरु ल्याउने प्रतिवद्घता जनाए। लैगिक हिसा अन्त्य, गरिबी निवारण, स्वस्थ्य, शिक्षाका क्षेत्रको विकास हुने गरि योजना र बजेटको तयारी गरिरहेको उनले बताए।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : २९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी