२२ भदौ २०८३, सोमबार | September 7, 2026

दसगजामा भारतीय सुरक्षाकर्मीको जबर्जस्ती



काठमाडौं । नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र भारतीय सशस्त्र वन रक्षकले अनाधिकृत रूपमा निर्माण गरेको भौतिक संरचना सशस्त्र प्रहरी बल, नेपालले हटाएको छ ।

कञ्चनपुरको दोधारा-चाँदनीस्थित दसगजा क्षेत्रको भूभाग आफ्नोतर्फ पार्नेगरी भारतीय पक्षले जबर्जस्ती बनाएको भौतिक संरचना सशस्त्र प्रहरी बलले हटाएको हो । हटाउने क्रममा भारतीय सुरक्षाकर्मी भनाभनमा समेत उत्रिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, दोधारा-चाँदनीस्थित दसगजा क्षेत्रको भूभाग आफ्नोतर्फ पार्नेगरी भारतीय पक्षले सिमेन्टका पोल गाड्नुका साथै काँडेतार लगाएको थियो । सोको जानकारी पाएपछि १८ जेठमा देवीस्थानस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)बाट सशस्त्र प्रहरी टोली खटिएको थियो । भारतीय सुरक्षाकर्मीले दसगजा क्षेत्रमा अनधिकृत रूपमा काम गरेको निक्र्याैलमा पुगेपछि सशस्त्र प्रहरीले सिमेन्टका पोल र काँडेतार हटाएको हो ।

सशस्त्र प्रहरीले सिमेन्टका पोल र तारजाली हटाउन थालेपछि सुरुमा भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेको स्रोतको भनाइ छ । ‘तर, सशस्त्र प्रहरीले अनाधिकृत रूपमा गाडेको सिमेन्टको पोल र तारजाली हटाएरै छाड्ने अडान राखेपछि भारतीय सुरक्षाकर्मी पछि हटे,’ स्रोतले भन्यो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले यो विषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराएको थियो । यो विषयमा गृह मन्त्रालयले भारतीय पक्षलाई समेत जानकारी गराउन परराष्ट्रलाई पत्राचार गरिसकेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सीमावर्ती क्षेत्रमा कसैले पनि एकतर्फी रूपमा संरचना बनाउन नपाइने बताए । उनले बनाएको खण्डमा सम्बन्धित निकायबाट सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइने बताए ।

उता, नेपाली भूभागलाई असर पर्नेगरी भारतले नखाताल वन क्षेत्रको बाटोबाट नजिकै बनाएको ढुंगा र माटाको अग्लो संरचना पनि सशस्त्र प्रहरीले भत्काइदिएको छ । दोधारा-चाँदनी नगरपालिका-३ बडुवालटोलनजिकै भारतले सो संरचना निर्माण गरेको थियो ।

नेपालबाट बग्ने पानीको बहाव रोक्न भारतीय सशस्त्र वन रक्षकले सो संरचना बनाएको थाहा पाएपछि भूमिराज टोलस्थित बीओपीबाट खटिएको सशस्त्रको टोलीले भत्काइदिएको हो । सो ठाउँमा स्काभेटरलगायत उपकरणबाट अग्लो संरचना बनाउन थालेपछि सशस्त्रले भत्काएको हो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : २५ बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार