१९ बैशाख २०८१, बुधबार | May 2, 2024

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनीहरुलाई जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा पदोन्नती गरेको थियो ।

पदोन्नती भएका उपरथीहरु दिपक कुमार बानियाँलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र यामप्रसाद ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका २ जना महा सेनानीहरुलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ५ : ४० बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी