२ चैत्र २०८२, सोमबार | March 16, 2026

सिमान्तकृत एकल महिलाहरुका लागि ३ दिने तालिम



बुटवल । बुटवल उपमहानगरपालिका भित्र रहेका सिमान्तकृत एकल महिलाहरुलाइ ३ दिने अभिमुखिकरण तालिम शुरु भएको छ । कुर्बे किस्ट्रो परियोजनाको आर्थिक सहयोगमा मानव अधिकारका लागि महिला एकल महिला समुहको आयोजनामा नगरका एकल महिलाहरुको क्षमता विकास गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको समुहका प्रदेश अध्यक्ष जानकी घिमिरेले बताईन ।

कार्यक्रममा सिमान्तकृत वर्ग, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिका लागि समेत सीप र रोजगार दिने बारे समेत छलफलहरु भएको उनले बताईन । बुटवल उपमहानगरपालिकाका २१ जना एकल महिलाहरु सहभागी अभिखिकरण कार्यक्रममा नेतृत्व विकास प्राथमिकतामा राखिएको उनले बताईन ।

समुहका सचिव रिता सेनले परियोजना अन्तरगत पालिकाका सबै वडाहरुमा समुह गठन, जनप्रतिनिधिसंग अन्तरक्रिया लगायत कार्यक्रम गरेको बताईन । सिमान्तकृत एकल महिलाहरुको सचेतनामुलक सडक नाटक, तालिम तथा अभिमुखिकरण लगायत कार्यक्रम गरिने उनले बताईन ।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा अधिकारी, जिल्ला सदस्य माया दर्नाल, नगर अध्यक्ष पवित्रा खनालले अझ प्रभावकारी र नविनतम योजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ७ : ४४ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र