४ श्रावण २०८३, सोमबार | July 21, 2026

नेपालको सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “ओरिफ्लेम मिस युनिभर्स नेपाल-२०२२” को कार्यशाला बुटवलमा सम्पन्न



बुटवल । नेपालको सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२” मा सहभागिताका लागि बुटवलमा शनिबार अभिमूखिकरण सम्पन्न भएको छ । मिस यूनिभर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको विशेष उपस्थितीमा अभिमूखिकरण भएको हो ।

मुलुकका विभिन्न ७ शहरमा कार्यशाला गर्ने अभियान अन्तरगत बुटवलमा २ दर्जन बढीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिस यूनिभर्स नेपाल (एमयूएन) मा सहभागिता जनाउँदा प्राप्त गर्न सकिने अवसर, प्रतियोगितामा सहभागिताका लागि आवश्यक योग्यता तथा व्यक्तित्व बिकास सम्बन्धि अभिमूखिकरण गरिएको थियो । यही मे ५ देखि आबेदन खुला गरिएको एमयूएन-२०२२ का लागि काठमाडौंसहित बुटवल, पोखरा, चितवनको भरतपुर, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत लगायतका शहरमा कार्यशाला सञ्चालन गरिएको निर्देशक श्रेष्ठले जानकारी गराइन ।

उमङ्ग क्रियसन प्रालिको आयोजनामा जारी कार्यशालामा मिस यूनिभर्स नेपाल २०२१ की विजेता सुजिता बस्नेत, स्टाइलिस्ट सागर गुरुङ र प्रशिक्षक स्मिथ तामाङले सहजिकरण गरेका छन् ।

जुन ३० सम्म आवेदन खुला गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख पुरस्कार राशीसहित एउटा स्कुटर तथा विभिन्न गिफ्टह्याम्पर उपहार स्वरुप पाउने छन् भने संस्थासँग आवद्ध भएर १ वर्षसम्म काम गर्ने अवसर समेत प्राप्त गर्ने छन् । विजेताले २०२३ मा हुने मिस यूनिभर्समा नेपालको तर्फबाट सहभागी हुने अवसर समेत प्राप्त गर्ने छ । मिस यूनिभर्स २०१७ को विजेता समेत रहेकी कार्यक्रमका निर्देशक श्रेष्ठले यो सिजनमा तेस्रो लिङ्गी महिला तथा एनआरएन युवतिहरुले समेत सहभागिता जनाउन पाउने उल्लेख गरिन् ।

आयोजक संस्था उमङ्ग क्रिएसनका निर्देशक उद्धव अधिकारीका अनुसार प्रतियोगसतामा सहभागिता जनाउने चाहनेहरुले हजार रुपैया शुल्क तिरेर आवेदन दिन पाउने छन् । मिस यूनिभर्स नेपालको आधिकारिक एप ‘एप्पल एप डाउनलोड गरि आवेदन दर्ता गर्न सकिने उनले बताए । मुलुकभरबाट २ दर्जन बढीले खुला आवेदन दर्ता गरिसकेको प्रतियोगितामा उल्लेख्य मात्रामा सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । गत वर्षको प्रतियोगितामा कोरोना महामारीका कारण २ सय बढी प्रतियोगि सहभागी भएकोमा यो वर्ष उक्त संख्या थप बढ्ने अपेक्षा गरिएको हो । त्यसअघिको वर्ष २०२० मा ५ सय बढीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विभिन्न चरणमा करिब ४ महिना सञ्चालन हुने प्रतियोगितामा अन्ति ५० जना क्वाटर फाइनलमा प्रवेश गर्ने छन् भने अन्तिम २० जनाले ग्राण्ड फिनालीमा सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताले २०२३ मा हुने मिस यूनिभर्सलको ७१ औं संस्करणमा ताज पहिरन सक्ने सक्षम लेडी छनोट गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ६ : २२ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा