२२ माघ २०८२, बिहिबार | February 5, 2026

बर्थडे मनाउन आएका युवाको चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु, एक जना फरार



भैरहवा । भैरहवामा रहेको होटेल सी प्रिन्ट बाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका थिए । सिद्धार्थनगर-३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए । तीमध्ये यादवको मृत्यु भएको हो । समूहका चार जनालाई घटना पश्चात् र घटना घटेपछि भागेका एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा सिद्धार्थनगर १२ बैककलोनी बस्ने वर्ष १८ वर्षीय आशिष् गैरे, सिद्धार्थनगर ८ बस्ने सैफ अलि, सियारी ७ बस्ने द्वय २० वर्षीय अजय यादव र २२ वर्षीय रामजी यादव रहेका छन् । ओमसतिया ४ का २० वर्षीय सुरज बानिया फरार रहेकोमा प्रहरीले दिउँसो पक्राउ गरेको छ ।

अर्का फरार ओमसतिया ४ बालापुरका जितेन्द्र सहानीको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा रहेका युवाहरिसँग सोधपुछ भइरहेको छ । मृतक यादवको पोस्टमार्टम भएर शव परिवारले बुझेको प्रहरी प्रवक्ता पौडेलले बताए ।

होटेल सञ्चालकका अनुसार शुक्रबार ७ जनाको समूह जन्मदिन मनाउने भन्दै होटेल आएका थिए । सोही समूह मध्येकै युवाहरूले बिहान अन्दाजी ३–४ बजे तिर काउन्टर तोडेर चोरी गर्न खोजेका थिए । तोडेको आवाज आएपछि हल्लाखल्ला भएकोमा उनीहरू मध्ये एक जना छतबाट हाम्फालर मृत्यु भएको, एक जनो भाग्न सफल भएको र पाँच जनालाई होटेलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती मध्ये एक जनाको तेस्रो तल्लाबाट चोरी गरेर भाग्ने क्रममा लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : ३६ बजे

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने