१४ पुस २०८२, सोमबार | December 29, 2025

पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे



काठमाडौं । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् ।

यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन् ।

सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेव्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६ जना नेपाली विदेश गएका छन् ।

विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा ६ लाख ४६ हजार ५६३ र सन् २०२० मा ३ लाख ८७ हजार ९९४ जना विभिन्न उदेश्यले विदेश गएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : १० बजे

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये