१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुचारु



काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि स्थगित भएका आन्तरिक हवाई उडानहरू आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, मौसम अनुकूल बनेका केही स्थानतर्फका उडान आज बिहानैबाट सुरु भएका हुन् ।

कार्यालयले जनाएको अनुसार काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान सम्पन्न भएका छन् । साथै, पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको जानकारी प्राप्त भएपछि ती रुटमा पनि उडान पुनः सञ्चालन गरिएको हो ।

यसअघि लगातारको वर्षाका कारण दृश्यता न्यून हुँदा सबै आन्तरिक उडान स्थगित गरिएका थिए ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ४९ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक