१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आएपछि शनिबार साँझदेखि हवाई उडान प्रभावित



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे लाइटिङ प्रणालीमा समस्या आएपछि शनिबार साँझ देखि हवाई उडान प्रभावित भएको छ ।

रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिएकाले विमान अवतरण सम्भव नभएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए । समस्याका कारण करिब पाँच वटा उडान होल्डमा राखिएका छन्। प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको हो । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् ।

कतार एयरवेजको जहाज ढाका डाइभर्ट गरिएको छ भने फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट गरिएको छ । विमानस्थलमा ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।

झन्डै दुई दर्जनपटक फन्को मारेपछि यो जहाज डाइभर्ट गरिएको हो ।

यसअघि कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ ।

विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् । बिग्रेको लाइटिङ प्रणाली मर्मतको काम भइरहेको र यो नबनेसम्म उडान तथा अवतरण सम्भव नहुने विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ९ : २२ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक