७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार सोमबारदेखि रोक्का गरेको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भंग भएपछि सम्झौता कारण एक वर्षपछि सेयर कारोबार खुला भएको थियो ।

दुई बैंकले ३० जेठको पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने ९मर्जर० सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति–एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० वमोजिम मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार ३० जेठबाट रोक्का राखिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : २३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल