९ पुस २०८२, बुधबार | December 24, 2025

ओली–नारायणकाजीबीचको भेटमा परराष्ट्र नीतिबारे छलफल



काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ ।

आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।

ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।

‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन् । ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ,’ बजगाईले भने । अमेरिकी सहयोग परियोजना एमसीसी पास पाएपछि पछिल्लो समय नेपालमा अमेरिकी कूटनीति र नेताहरूको भ्रमण बाक्लिएको छ ।

स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । दुवै नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको छ । धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा बुझेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : ५३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना