१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पारदर्शी भएर काम गरे जनप्रतिनिधिहरुलाई बेरुजू र उजुरीबाट डराउन आवश्यक नपर्ने



बुटवल । लुम्बिनी प्रदेशका १ सय ९ स्थानिय पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्थानिय सरकार संचालन तथा विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदेशको अस्थायी राजधानी बुटवलमा सुरु भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरण, लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजना तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान, लुम्बिनी प्रदेश कार्यालयको ब्यवस्थापनमा स‍ोमबारदेखि २ दिने तालिम आजबाट शुरु भएको हो।

अभिमुहिकरण कार्यक्रमको संघीय मन्त्रिपरिषदका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्दै सबै प्रदेशमा एकरुपता ल्याउने गरि श्रोत सामग्री तयार गरि तालिम संचालन गरिएको बताए। संवैधानिक ब्यवस्था, सहकारी संघियता लगायतको बारेमा धेरै जानकारी तालिमबाट हुने उनले बताए।

अमेरिकाबाट केन्द्र सरकारसहितको संघीय व्यवस्थाको शुरुवात भएको बताउँदै मन्त्री श्रेष्ठले विश्वमा परम्परागत संघीयता हुँदै प्रतिस्पर्धात्मक र सहअस्तित्व, साझेदारी, सहकारी संघियताका रुपमा विकास भएको बताए। उनले स्थानिय सरकार प्रत्यक्ष कार्यकारि हुने गरि काम गर्ने व्यवस्था रहेको भन्दै आआफ्नो क्षेत्राधिकारीभित्र पर्ने काममा अगाडि बढ्ने र अरुको क्षेत्राधिकारमा हस्तक्षेप नगरी समन्वय गर्ने गरि संविधानमा ब्यवस्था भएको बताए। संघीय प्रणालीलाई मतबुत गराउने आधार स्थानिय सरकार भएको उनले बताए।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले संघियता कार्यान्वयनमा ३ तहको सरकारको समन्वय हुन पर्ने बताए। स्थानीय सरकार संघियताको जग भएको दाबी गर्दै उनले स्थानिय सरकारका जनप्रतिनिधिहरुको भुमिकालाई ध्यान दिनुपर्ने बताए। सामान्य कुराहरुलाई पनि जनप्रतिनिधिले ध्यान दिनुपर्ने सुझाव दिदै ब्यक्तिगत र सार्वजनिक जीवनको भेदलाई बुझ्न र मनन गर्न सुझाव दिए। जनताप्रति वफादार, जनप्रतिनिधि जिम्मेवार हुनुपर्ने भन्दै उनले चुनौतीहरुलाइ अपनाएर अगाडि बढ्न समेत सुझाव दिए।

कार्यक्रममा प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरुप्रसाद शर्माले देशको सातै प्रदेशमा नियम कानुनहरुको बारेमा बुझाई एउटै होस भन्ने उदेश्यका साथ तालिम दिईएको बताए। लामो तयारीका बिच कुन कुन विषयमा तालिमको विषयबस्तुको छनौट गरि प्रशिक्षकबाट तालिम दिन लागेको उनले बताए। उनले संस्थागत र ब्यक्तिगत क्षमता अभिवृद्धि गर्दै निर्णय गर्न सक्ने क्षमतावान जनप्रतिनिधि बनाउने तालिमको उद्देश्य रहेको बताए ।

वित्तिय जोखिम न्युनिकरण कार्ययोजनाले भष्ट्रचार हटाउने कामगर्ने उल्लेख गर्दै उनले जसका लागि पारदर्शिता जरुरी रहने बताए। निर्देशक शर्माले सबै बेरुजु भष्ट्राचार नहुने स्पष्ट पार्दै पारदर्शिताका साथ कार्य सम्पादन गर्न सक्दा उजुरीबाजुरीसंग डराउन आवश्यक नपर्ने बताए ।

लुम्बिनी प्रदेश सरकारका मुख्यसचिव डिल्लिराम आचार्यले ठुला कुराभन्दा पनि जनप्रतिनिधिहरुले गर्ने सामान्य र सानासाना कुराको बारेमा जानकारी प्राप्त गर्न सके मात्र पनि ठुलो समस्याहरुको समाधान गर्न सकिने बताए ।

१०९ पालिकाबाट उपस्थित प्रमुख र उपप्रमुखहरुलाई ४ वटा समुहमा बिभिजन गरि तालिम प्रदान गरिने प्रदेश प्रशिक्षण प्रतिस्थानले जनाएको छ । कार्यक्रममा धेरैे पालिकाबाट अभिमुहिकरणमा भाग लिन जनप्रतिनिधिहरु अनुपस्थित भएका थिए ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  २ : ०३ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका