४ पुस २०८२, शुक्रबार | December 19, 2025

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो



रामपुर । पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालन भएको छ ।

पाल्पाको रामपुुर नगरपालिका-१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।

करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा खसेको पहिरो सोमबार बिहान १० बजेदेखि हटाउने काम भएको थियो ।

करिब सात घण्टा लगाएर पहिरो हटाइएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएपछि बाटोमै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडक अवरुद्ध हुँदा रामपुरदेखि काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेका थिए ।

यस क्षेत्रमा पटक पटक माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको