२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बेइजिङमा उच्च संख्यामा कोभिड सङ्क्रमित



बेइजिङ । बेइजिङमा पछिल्लो तीन सातामा उच्च संख्यामा दैनिक कोभिड सङ्क्रमित देखिएका छन् । सङ्क्रमित बढेसँगै राजधानीमा पुनः केही प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । तर, बेइजिङमा सांघाइमा जस्तो कडाइ नगरिने जनाइएको छ । कठोर प्रतिबन्धपछि सांघाईमा केही साताअघि खुकुलो बनाइएको थियो । बेइजिङमा सोमबार एकै दिन ७४ जनामा संक्रमण देखिएको थियो । यो २२ मे पछिकै सबैभन्दा धेरै संख्या हो ।

उपप्रधानमन्त्री तथा महामारी नियन्त्रणसम्बन्धी देशका उच्च अधिकारी सुन चुनलानले महामारीलाई सक्दो चाँडो नियन्त्रण गर्न बेइजिङबासीलाई अनुरोध गरेका सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

फेरि सङ्क्रमण बढेसँगै प्रमुख चिनियाँ सहरहरूमा यसअघि लगाइएका प्रतिबन्ध पुनः लगाउने तयारी भएको छ । सोमबार पुनः सञ्चालनको योजनामा रहेका बेइजिङका विद्यालय खुल्न ढिलाई गरिएको थियो भने सम्पूर्ण खेलकुद प्रतियोगित रोकिएका थिए ।

चीनले अंगिकार गर्दै आएको कोभिड शून्य नीतिका कारण देशले आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वी बेइजिङको चायोयाङ जिल्लामा सोमबारदेखि तीन दिने सामूहिक कोभिड परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ८ : ५३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष