११ भदौ २०८३, बिहिबार | August 27, 2026

संयुक्त राष्ट्र संघको टोली लुम्बिनीमा



भैरहवा । संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमण गरेको छ । संघका उपमहासचिव कानी विनराजा, रेडिजेन्सी आसानी मेण्डा कोडा, नेपालका अप्रेसन म्यानेजर बलराम पौडेल लगायतको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेको हो ।

भ्रमणकै क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै संघका उपमहासचिव कानी विनराजाले संयुक्त राष्ट्र संघले लुम्बिनी बौद्धविश्व विद्यालयसँग समन्वय गरि अनुसन्धानको क्षेत्रमा काम गर्ने बताए । उनले भने “अहिलेको लुम्बिनी बसाई छोटो भयो फेरी लुम्बिनी आएर विकास कोष सँग समन्वय गर्ने र लुम्बिनी आसपासका बासिन्दाहरुको जिविको पार्जनमा सहकार्य गरि सहयोग गर्नेछौं ।”

उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानीन राईले संयुक्त राष्ट्र संघ सँग सहकार्य गरेर काम गर्न विकास कोष तयार भएको बताए । कार्यक्रमा लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख हरिध्वज राईले लुम्बिनीको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

लुम्बिनी बौद्ध विश्व विद्यालय सँग समन्वय गरेर काम गर्ने संयुक्त राष्ट्र संघ तयार भएको र लुम्बिनी विकास कोष सँग पनि समन्वय गरेर अगाडि बढ्न संघ तयार भएको कोषाध्यक्ष ढुण्डिराज सिद्दिचरण)भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ९ : ४७ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल