१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

यसै वर्षबाट किसानलाई पेन्सन दिइने : कृषिमन्त्री यादव



काठमाडौं । सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् ।

मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ ।

किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९र८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : ५१ बजे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)