२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

रुपन्देहीको तिलोत्तमामा फेरि अर्की युवतीको रहस्यमय मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका ६ सेमरीचौककी २५ वर्षीय सुविना गिरीको शव झुण्डिएको अवस्थामा फेला परेको परिवारको दावी छ ।

पति सन्जु गिरीले आफूहरुले संचालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुण्डीएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दावी गरेका छन् । सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणीग्राममा ल्याउदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

यद्यपि सुविना झुण्डीएको र मृत्युभएकोबारे वरपर छिमेकीले समेत थाह नपाएको बताएका छन् । आफन्तले आफैले कुटपीट गरेर झुण्डाएको बहाना गरेको बताएका छन् । मृतककी फुपु क्षमा गिरीले सरीरभरि नीलडाम भएकाले पतिले मारेको वा झुण्डाएको दावी गरिन् । आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भीक अनुसन्धान थालेको छ । क्रिमशनमा राखेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका छन् । अनुसन्धानपछि मृत्युको कारण खट्ने घटना अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : १५ बजे

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै