१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कांग्रेस र माओवादीले गठबन्धनलाई आआफ्नो हितमा प्रयोग ग(यो



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सत्तारूढ पाँच दलीय गठबन्धनबाट असन्तुष्ट रहेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बसेको स्थायी कमिटी बैठकले पाँच दलीय गठबन्धनलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आफ्नो हितमा प्रयोग गरेको निष्कर्ष एकीकृत समाजवादीको रहेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कांग्रेस र माओवादी केन्द्रले आफ्नो हितमा मात्रै प्रयोग गर्न खोजेको निष्कर्षसहितको प्रतिवेदन पेस गरेका छन् ।

गठबन्धनका समस्या’bout उल्लेख गर्दै नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘गठबन्धनभित्र देखापरेका समस्यामध्ये एक गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु हो । यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखियो ।’

गठबन्धनमा देखा परेका समस्या उपशीर्षकमा उनले अन्य ६ वटा समस्या’bout समेत उल्लेख गरेका छन् । ‘पहिलो–गठबन्धन गर्न नै नचाहने, दोस्रो–गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो–गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौथो–गठबन्धन भएका स्थानमा इमानदारीपूर्वक भोट नहाल्ने, पाँचौं–गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र छैटौं–गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु’ एकीकृत समाजवादीको निष्कर्ष छ ।

स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम पार्टीले हासिल गर्न नसक्नुमा समग्र निर्वाचनमा भने तीनथरि समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘पहिलो–गठबन्धनभित्रका समस्या, दोस्रो हाम्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या’ रहेको उल्लेख छ ।

एकीकृत समाजवादीभित्र मुख्य गरी तीन समस्या रहेको उल्लेख गर्दै भनिएको छ, ‘धेरैमा गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने, आफूलाई केन्द्रबिन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात् जहाँ संगठन तुलनात्मक रूपमा बलियो छ, त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रबिन्दुमा राखेर सिट लिन चाहने र तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाड–मछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने ।’

यसैगरी, एकीकृत समाजवादीका नेताकार्यकर्ताले चुनावलाई जनतामाझ राजनीति पु¥याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठानेको अध्यक्ष नेपाल निष्कर्ष छ ।

पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने र आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने तथा पार्टी नै छाडेर पनि हिँड्ने समस्या पनि देखिएको नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यसैगरी, आफ्नो वास्तविक शक्ति र प्रभावको आंकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने गरेको पनि उनले उल्लेख गरेका छन् ।

यस्तै, स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगको भूमिकामाथि समेत एकीकृत समाजवादीले प्रश्न उठाएको छ । अध्यक्ष नेपालले निर्वाचन आयोग पूर्ण रूपमा निष्पक्ष नरहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘प्रशासनिक हिसाबले हेर्दा पहिलो कुरा त निर्वाचन आयोग नै पूर्ण रूपले निष्पक्ष रहेन । उसले भन्ने एउटा गर्ने अर्को समेत ग¥यो । उदाहरणका लागि महानगरपालिकाको हकमा उम्मेदवार भएका चिह्न मात्र राखेर मतपत्र छाप्ने भन्यो तर काम उल्टो ग¥यो । उम्मेदवार नभएका चिह्न पनि राखेर मतपत्र छाप्यो,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कतिपय निर्वाचन अधिकृतले निष्पक्ष ढंगले कामसमेत नगरेको आरोप एकीकृत समाजवादीले लगाएको छ । कतिपय ठाउँमा प्रहरी प्रशासनले पनि निष्पक्ष व्यवहार नगरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, एकीकृत समाजवादीले अपेक्षित परिणाम ल्याउन नसक्नुमा मतपत्र मुख्य प्राविधिक समस्याका रूपमा रहेको जनाएको छ । छवटा मतपत्र एकै ठाउँमा राखेर बनाइएको मतपत्रको ढाँचा नै धेरै भद्दा भएको औंल्याइएको छ ।

‘उम्मेदवार नरहेका चिह्न राखेर मतपत्र छाप्नु गलत भयो । मतपत्र बेठीक भएकै कारणले धेरै मत बदर भए र मत बदर भएको कारणले धेरै उम्मेदवारले पराजित घोषित हुनुप-यो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसरी पराजित घोषित भएका उम्मेदवारमा एकीकृत समाजवादीका उम्मेदवार सबैभन्दा धेरै रहनुभएको छ ।’ आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : ४८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम