९ चैत्र २०८२, सोमबार | March 23, 2026

संकटमा पाक अर्थतन्त्रः सर्वसाधारणलाई कम चिया पिउन सुझाव



इस्लामाबाद । पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाईबाट पनि पुष्टि हुन्छ । किनकी देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटैती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् ।

एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम गर्न अपील गर्नेछु।’

चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतमा जस्तै पाकिस्तानमा पनि चिया पारखीको ठूलो जनसंख्या छ । पाकिस्तान अहिले ठूलो विपत्तिको किनारमा छ । आतंकवाद र राजनीतिक संकटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेको छ ।

पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलब ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेलआउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ ।

अमेरिकी स्वार्थ बमोजिम सरकार गठन भएको भन्दै पूर्वप्रधानमन्त्री इमरान खानले केही सातादेखि निरन्तर सरकारविरुद्ध आन्दोलन चर्काइरहेका छन् । संसदमा अविश्वसको प्रस्तावपछि उनले राजीनामा दिन बाध्य भएका थिए ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ४८ बजे

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११

दुई साताअघि बेपत्ता एक युवकको शव फेला

बर्दिया । दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा