२० मंसिर २०८२, शनिबार | December 6, 2025

भैरहवामा खुल्यो श्रम कार्यालय, अब श्रम स्वीकृतिको लागि काठमाडौं धाउन नपर्ने



भैरहवा । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । योसँगै श्रम स्वीकृतिको लागि काठमाडौं धाइ रहनुपर्ने बाध्यता हटेको छ ।

भैरहवामा बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्वीकृति गरेर कार्यालय सुचारु गरेका हुन् ।

भैरहवाबासीको वर्षौदेखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दी ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको मन्त्री श्रेष्ठले बताए । उनले भने– “विदेश जाने व्यक्तिलाई सिप सिकाउनको लागि आगामी बजेट मार्फत सातै प्रदेशमा सिप मुलक तालिमको कार्यक्रम ल्याउन लागिएको बताउँदै वैदेसिक रोजगारीको बहानामा ठगि गर्ने कोही कसैलाई छुट हुँदैन ।”

भैरहवामा कार्यालय खोलेर मात्रै नहुँने भन्दै सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरि दिन आग्रह गरे ।

कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरु खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए । देसमा मेनपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकोले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारवाही गर्नु पर्ने बताउँदै मेनपावर कम्पनीले वैदेसिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकोले विचौलीयाबाट जोगिन सर्वसाधारणलाई अध्यक्ष ढकालले आग्रह गरे ।

भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरिरहेको छ । छिट्ट नै अन्य देसका नियमित उडान गर्ने तयारीमा सरकार लागि रहेको छ । विदेशबाट आएका जहाज त्रिभुवन विमानस्थलमा अवतर गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौं सम्म जोखिम मोलेर आकाशमा उडि रहनु पर्ने बाध्यता हटेको छ ।

कार्यक्रमा नेपाली कांग्रेसका नेता अष्ठभुजा पाठक, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले आ आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय