१ भदौ २०८३, सोमबार | August 17, 2026

विदेशबाट पनि श्रम स्वीकृति



काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।

गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट-कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रुपमा श्रम स्वीकृति प्रदान गरेका हुन ।

त्यस अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरुको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको बताए भने महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश आउँदा हुने समस्याबारे सचेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ३१ बजे

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट

टप एन्ड टी-२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

काठमाडौं । अष्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।